- राज पोखरेल

सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा स्थित पुर्व-पश्चिम लोकमार्गमा बनेको बाटो भात्किदा यती खेर स्थानिय वासी, यात्रुदेखी व्यवसायी सम्म चिन्तित बनेका छन ।

संघिय सरकारबाट प्राप्त बजेट अन्तर्गत रहेर केही महिना अघी उक्त सडक सडक डिभिजन कार्यालय, मोरङले मर्मत सम्भारको लागि ठेक्का लगाएको थियो । १ करोड ८३ लाख बजेटमा विराटनगर स्थित गीताञ्जली जोशीला जेभी निर्माण कम्पनिले उक्त कार्यको ठेक्का पाएको थियो ।

असारमा छुट्याएको बजेटलाई त्यती खेरै स्थानिय वासिले बजेट सक्ने मेलो भन्दै पुन डबल कालोपत्रे नगरन आग्रह गरेका थिए । तर सरकारी कर्मचारी र ठेक्केदार कम्पनीको अगाडि आफ्नो केही नलागेको सुन्दरहरैचा ०८ का स्थानिय समाजसेवी कृष्ण लामिछानेले बताए । उनले आफुले सरकारी इन्जिनियरलाई बाटो मर्मत गर्ने बेलैमा अहिले बाटो बनाउनु आवश्यक छैन बिग्रेको छैन भन्दा उल्टै तपाई जान्नेकी हामी भन्दै जवाफ फर्काएको गुनासो गरे ।

जनताले शुरुमै सचेत गराउदा समेत सरकारी कर्मचारीहरुको अगाडि केही नलागेको भन्दै यस्तो कार्यले जनताले सास्ती भोग्नु परेको बताए । उनले बेलैमा सडक डिभिजन कार्यालय मोरङले उक्त सडक बिगार्ने ठेक्केदार कम्पनिलाई कार्वाही नगरे आफु अख्तियार सम्म जाने चेतावनी दिएका छन । उनले उक्त सडक निर्माण गर्दा सबैको मिलेमतोमा भ्रष्टचार भएको छ भन्ने समेटा दाबी गरेका छन ।

त्यस्तै सुन्दरहरैचा ०९ का व्यवसायी तथा युवा समाजसेवी भोलेश्वर दुलालले उक्त सडकको अवस्थाले गर्दा व्यवसायीहरु मारमा परेको बताएका छन । उनले उक्त सडकमा भएको खाल्डोले गर्दा व्यवसायीले उत्पादन गरेको सामानहरु समेत बाहिर बजारमा लैजान समस्या भएको बताएका छन । उनले उक्त सडक निर्माण गर्ने ठेक्केदारलाई कार्वाही गर्न माग गरेका छन ।

त्यस्तै सुन्दरहरैचा का युवा समाजसेवी अर्जुन गजुरेलले भने आफु व्यवसाय गर्न दिनै इटहरी आउनु पर्छ । विराटचौक देखी इटहरी आउन सधैं २० मिनेट लाग्थ्यो अहिले १ घण्टा भन्दा बढी लाग्छ । जसले गर्दा हाम्रो समय मात्र वर्वाद भएन हाम्रो जीवन नै जोखिममा रहेको बताएका छन । उनले कती खेर कुन खाल्डोमा दुर्घटनामा पारीन्छ यात्रा गरे देखी अन्त्य सम्म त्यही सोच्दै हिंड्नु पर्ने बाध्यता रहेको बताएका छन । उनले सडक कालोपत्रे गर्ने ठेक्केदार कम्पनी गीताञ्जली जोशिला जेबिलाई कार्वाही गर्न माग गरेका छन ।

त्यस्तै मोरङ प्याब्सनका अध्यक्ष अर्जुन बस्नेतले उक्त सडकका कारण दिनै मनिस दुर्घटनामा पर्ने गरेको बताएका छन । उनले असारए झरिमा बजेट सक्ने उद्देशयले गरेको कार्य २ महिना नपुग्दै भात्किदा हजारौ यात्रुले सास्ती भोग्न वाध्य भएको बताएका छन ।

त्यस्तै सुन्दरहरैचा नगरपालिका ०७ का वडाध्यक्ष चैतन्य सिटौलाले पुर्व पश्चिम लोकमार्ग नगरपालिकाको क्षेत्राधिकार भित्र नपर्ने हुँदा हामीले यस बिषयमा केही गर्न नसक्ने बताएका थिए । तर जनप्रतिनिधी भए पछी स्थानिय जनता हामी माझ नै ठोक्किने हुँदा हामीले अनिवार्य जवाफ दिनु पर्ने हुन्छ । हामीले सडक डिभिजन कार्यालय सग सम्पर्क गर्ने कोशीस गरे पनि प्रमुखले फोन नउठाउदा समस्या भएको बताए । उनले सडक डिभिजन कार्यालयलाई यस सडकमा जिम्मेवारी बन्न आग्रह गर्दै ठेक्केदार कम्पनिलाई कार्वाही गर्न माग गरेका छन ।

निरन्तर अविरल वर्षाको कारण उक्त बनाइएको कालोपत्रे भात्काउन मात्र हैन सोही थपेको कालोपत्रेका कारण पुरानो कालोपत्रेलाई समेत भात्काएको छ । असारको अन्तिममा आएर काम गरेर बजेट सक्ने काम भएको स्थानीय रमेश खड्काले बताए ।

सुन्दरहरैचा स्थित बुढीखोला देखी पुर्वी सिमाना बेलाबारी सम्म ४८०० मिटर लम्बाई ( बिच बिच ) मा रहेको सो सडकको कालोपत्रे सबै भत्किएको छ । कालोपत्रे हाल्दा जाम हुनु पर्नेमा सबै गिटी निस्किएर भत्किएको हो ।

सडक मात्र भात्किएको छैन अगाडि नै बनिसकेको गछिया पुल माथि मर्मत गरेको भन्दै पुन पुल माथि कालोपत्रे गरिदा पुलमा नै खाल्डो परेर यती बेला पुल नै धरापमा परेको छ । यती खेर उक्त भात्किएको सडकमा पानी पर्दा हिलाम्मे हुन्छ भने घाम पर्दा सडकमा गिटी निस्किएपछि धुलो बनेको छ । कालोपत्रे गरिएको सडकमा अलकत्राले नसमाउँदा सबै गिटीहरु निस्किएर धुले सडकको जस्तो बन्दै गएको छ ।

सोही बिषयमा जानकारी लिन हामीले ठेक्केदार कम्पनी सग जानकारी लिदा कम्पनिका एक प्रतिनिधि ऋषी जोशीले वर्खाको कारण भात्किएको तर सामान गुणस्तर भएको नै दाबी गरेका छन । जोशीका अनुसार ४८०० मिटर लम्बाई कालोपत्रे गर्ने भनिएको सम्झौतामा पछी हामीले ५७०० मिटर लम्बाई सडक कालोपत्रे गर्नुपर्ने भयो जसका अनुसार यो स्थिती भयो तर जोशीले भने मौसमका कारण देखाउदै कालोपत्रे भात्किएको दाबी गरे ।

सडक डिभिजन कार्यलय विराटनगरका डिभिजन प्रमुख शुभराज न्यौपाने भने वर्खाको कारण भत्किएको हुन सक्ने बताए । उनले अनुगमनको लागि समेत इन्जिनियर पठाइसकेको बताए ।

तपाईको प्रतिक्रिया