इटहरीमा मृत अवस्थामा भ्रुण फेला परेको छ । इटहरी ८ स्थित कर कार्यलय छेउमा वेवारिसे अवस्थामा भ्रुण फेला परेको छ ।
करीब २० देखि २२ हप्ताको जस्तो देखिने भ्रुण भेटिएको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले बताए । फेला पारेको भ्रुणलाई पोष्टमार्टमको लागि धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया