धनकुटा । धनकुटा नगरको पर्यटन रणनिति निर्माण विषयक कार्यक्रम धनकुटामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा हराउदै र सुस्ताउदै गएको धनकुटालाई जिवन्त दिदै धनकुटा नगरको विकास पर्यटन उद्योगबाट चाडै गर्न सकिने भएकाले सो कालगि धनकुटा नगरपालिका सदैव लागिपर्ने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले बताए ।
धनकुटा नगरपालिकाका प्रमुख तामाङ्गको अध्यक्षतमा सम्पन्न कार्यक्रममा परामर्शदाता शान्तिराम दाहालले धनकुटा नगरको पर्यटन उद्योगको विकास लगायतका बिषयमा शहजिकरण गर्दै नगरपालिका क्षेत्रको पर्यटन प्रर्वद्धन गर्न धनकुटा नगरपालिका क्रियाशिल रहेको बताए ।
कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापामगर, नेकपा धनकुटा नगर कार्य समितिका अध्यक्ष अर्जुन छाराहाङ्ग, नेपाल रेडक्रस सोसाईटी १ नम्वर प्रदेशका सभापति नरेन्द्र पोखरेल, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, धनकुटा होटल एशोसिएसनका अध्यक्ष खगेन्द्र विष्ट, पर्यटन व्यावसायी, आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
उनिहरुका अनुसार धनकुटामा प्राकृतिक, धार्मिक, सास्कृतिक, ऐतिहासिक पर्यटन क्षेत्र रहेकोले तिनिहरुको सम्वद्धन, प्रर्वद्धन र प्रचार प्रसार गरी पर्यटनबाट धनकुटा नगरको विकास गर्न सकिन्छ ।
धनकुटा नगर क्षेत्र भित्र रहेका प्रमुख पर्यटकीय स्थलहरुको व्यापक प्रचार प्रसारका साथ नेपालको धनकुटामा मात्र पाईने आठपहरिया जातीको सास्कृतिक धार्मिक लगायत समग्र क्षेत्रको अध्ययन तथा अवोलन गर्नका लागी सवैलाई आमन्त्रण गरी धनकुटामा बार्षिक लाखौ पर्यटकहरु आउने वातावरण तयार गर्नु आजको धनकुटाको पहिलो एक मात्र विकल्प रहेको धनकुटा पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राईले वताए ।

तपाईको प्रतिक्रिया