धनकुटा । प्रदेश नम्वर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले धनकुटा नगरपालिका वडा नम्वर ९ बेलहरामा गुठी–बाघखोर–छिदी सडकको कालोपत्रकालागि शिलान्यास गरेका छन् ।
साडे पाँच करोडको लागतमा उन्नती गैरसरकारी संस्थाले बिगतमा ग्राभेल गरेको सडक खण्डको दुईबर्षमा कालोपत्रे गरिसक्ने भनि आईतबार मन्त्रि आङ्वोेले शिलान्यास गरेका हुन् ।
बेलहरा गुठीटारदेखि करिव साँढे १२ किलोमिटर सडक पूर्वाधार विकास कार्यालय भोजपुरको २१ करोड ७३ लाख ७९ हजार ४ सय २३ रुपैयाँ ५१ पैसा लागतमा कालोपत्र गर्न लागिएको धनकुटा नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष सन्दिप रायमाझि (मनोज)ले बताए ।
उहाँका अनुसार उक्त सडक कालोपत्रे भएमा धनकुटा नगरपालिका वडा नं. ९, सहिदभुमी गाउँपालिका, हिले, पाख्रिवासलगायतका क्षेत्रमा आर्थिक विकास हुनका साथै छिन्ताङ देबिको दर्शन गर्न पनि शहज हुने छ ।
धनकुटामा मेडिकल कलेज स्थापना गर्न साढे १६ करोड बजेट बिनियोजन सहित प्रदेश सरकारले यस आर्थिक वर्षमा पूर्वाधार विकासमा ४५ प्रतिशत बजेट विनियोजन गरेको शिलन्यासको अवसरमा मन्त्री आङ्वोले बताए ।

तपाईको प्रतिक्रिया