विवाह हुनुभन्दा पहिला हरेक युवती स्लिम रहन हरेक प्रकारका प्रयासहरु गर्छन् । उनीहरु नमोटाउनकै लागि खाने कुरामा धेरै ध्यान दिने गर्छन् । तर, विवाह पछि उनीहरुको शरिरमा ठुलो परिवर्तन देखिन्छन् ।
विभिन्न कारण स्लिम युवती मोटाउँछन् र आफ्नो शरिरलाई ध्यान दिन सक्दैनन् । तौल बढेका कारण उनीहरु विभिन्न समस्याबाट ग्रसित हुने गर्छन् ।
विवाह पश्चात लाइफस्टाइलमा आउने परिवर्तनका कारण पनि उनीहरु आफ्नो शरिरलाई ध्यान दिनसक्दैनन् । आउनुहोस् हेरौ विवाह पश्चात किन एकाएक मोटाउँछन् युवतीहरु

१. विवाह पश्चात धेरै जोडीहरु बाहिर घुम्ने र बाहिरको खाना खान धेरै रुचाउँछन् । बाहिर खाना खाँदा ध्यान पुर्याउनु पर्ने कुराहरुमा उनीहरु ध्यान नदिने गर्छन् । बाहिर धेरै खाना खानले शरिर बिग्रिने सम्भावना बढी हुन्छ । जुन मोटोपनको कारण बन्न पुग्छ ।
२. विवाह लगत्तै नयाँ जोडी फ्यामिली प्लानिङ गर्न उत्सुक हुन्छन् । गर्भवती भएपछि युवतीहरु आफ्नो जिम्मेवारीका कारण शरिरलाई कम ध्यान दिने गर्छन् ।
३. विवाह पश्चात युवतीहरुमा धेरै जिम्मेवारीहरु थपिने गर्छन् । जसका कारण उनीहरुमा स्ट्रेस ज्यादा हुने गर्छ । उनीहरुलाई धेरै भोक लाग्ने र खानपिनमा धेरै ध्यान दिन छोड्छन् ।
४. विवाह अघि युवतीहरु रिल्याक्स भएर सुत्ने गर्छन् । उनीहरु धेरै विषयमा टेन्सन समेत लिने गर्दैनन् । तर, विवाह पश्चात जिम्मेवारीका कारण उनीहरु धेरै समय सुत्न पाउँदैनन् । जसका कारण उनीहरुमा मोटोपनको समस्या देखिने गर्छ ।
५. जब युवती विवाह गर्छिन् उनको जीवनमा धेरै इमोशनल र हर्मोनल परिवर्तन आउने गर्छ । यसका कारण पनि शरिरमा परिवर्तन आउने गर्छ ।

तपाईको प्रतिक्रिया