इटहरी । ड्रिम मोडलिंग एजेन्सीको आयोजनमा भएको मोडल अफ द इयर नेपालको प्रतिस्पर्धाबाट पुरुषमा साहिल चौधरी र महिलाबाट रिया थापा मोडल अफ् द इयर २०१९ हुन सफल भएका छन् । जम्मा १८ जना प्रतिस्पर्धी सहभागीता रहेको उक्त सोन्दर्य प्रतियोगितामा पुरुष तर्फ एन्सन राई फस्ट रनरअपर दोश्रो रनरपको रुपमा सौरभ आचार्य भएका छन् । त्यसैगरी महिला तर्फबाट फस्ट रनरअपमा आरोहि अधिकारी र दोश्रो रनरअपमा बिपसा राजबशीं भएकी छन् ।
पछिल्लो समय युवा वर्गामा लोकप्रिय बन्दै गएको सौन्दर्य प्रतियोगीताले युवाहरुलाई बाहिरी ज्ञान संगै बिश्वमा प्रतिस्पर्धा गर्न सक्ने किसिमको प्रशिक्षण र आत्मबिश्वास प्रदान गर्दै गएको ड्रिम मोडलिंग इभेन्ट मयानेजमेटका सञ्चालक सौरबमान भण्डारीले बताए । प्रतिस्पर्धाबाट बिजेताहुनेले ट्रफि सहित नगद पचास हजार र वाईट हाउस कलेजले ५० हजार बराबरको स्पोन्सर प्राप्त गरेको ड्रिम मोडलिंग एजेन्सिकी प्रबन्धक सोनि भुजेलले बताईन ।
यस्तो कार्यक्रम आगामी दिनहरुमा पनि हुदै जाने र युवाहरुलाई आत्मबिश्वासको साथै बिभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने योजना रहेको आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया