इटहरी, कुनै समय प्रदेश नं १ मा आदिवासी जनजाती महासंघले विज्ञ्यप्ती निकाल्ने बितिकै बन्द हुन्थ्यो । कुनै एक नेताको बोलीमै प्रदेश १ बन्द हुनै आज सयौको सङ्ख्यामा सडकमा निस्किदा समेत बन्द सफल हुन सकेन ।

लोक सेवा आयोगले निकालेको विज्ञापनको विरोधमा नेपाल आदिवासी जनजाती महासंघ प्रदेश नं १ ले शनिबार ०४ गते प्रदेश १ को बन्द आह्वान गरेको थियो । शुक्रबार बिहान होटल मनशान्तमा पत्रकार सम्मेलन गरी बन्दको आह्वान गरेको महासंघले शनिबार बिहानै देखी आफ्ना नेता कार्यकर्ताहरुलाई सडक बन्द गराउन प्रदेश १ का मुख्य शहरहरुमा परिचालित बनाएको थियो । तर बन्दकर्तालाई बन्द गराउन त्यती सहझ भने देखिदैन थियो । कारण थियो प्रहरीको बाक्लो उपस्थिती ।

कुरा गरौ इटहरी केन्द्रित बन्दको । महासंघले सडक बन्द गर्नुको मुख्य उद्देश्य भनेको ०४ गते प्रदेश १ का विभिन्न स्थानमा भएको लोक सेवा आयोगको परिक्षालाई विफल बनाउनु । सोही कारणले नै शनिबार प्रदेश १ बन्दको आह्वान गरेको थियो ।

पत्रकार सम्मेलन मार्फत नै प्रदेश १ का अध्यक्ष धुर्व कुमार लिम्बुले ठट्यौली शैलीमा भनेका थिए शनिबार एक त सबै स्कुल,व्यवसायहरु बन्द हुन्छन । स्कुलमा हामी सबैको नानीहरु पढ्छन । शनिबार बन्द गर्दा कसैलाई असर नपर्ने तर सरकारलाई हामी विरोधमा छौ भन्नको लागि मात्र बन्द गरेको भन्ने जस्ता तर्क गरेका थिए । उनको यो तर्कले नै प्रष्ट पार्छ आदिवासी जनजाती महसंघको बन्द कसै प्रती लक्षित भन्दा पनि राजनीतिक हाउभाउ देखाउदै शनिवारको लोक सेवा आयोगको परिक्षा विफल बनाउनु ।

तर त्यो हुन सकेन । आदिवासी महासंघले बन्द गराउने प्रचार बन्द हुनु अगावै शुक्रबार सर्वत्र मिडियामा चर्चा बनिसकेको थियो । बिहानै गरेको पत्रकार सम्मेलनको कारण पनि सम्पूर्ण अनलाइन मिडियामा “साउन ०४ गते प्रदेश नं १ बन्द” भन्ने शिर्शक मुख्य समाचार बन्यो । जसका कारण प्रहरीले पनि सुरक्षा मजबुद बनाउदै बिहानै देखी इटहरी आसपसका कुना काप्चा देखी मुख्य शहरहरुमा प्रहरीको बाक्लो उपस्थिती रह्यो ।

बिहानै तरहराबाट दुई जना बन्द गराउदै आउने आदिवासी जनजाती महासंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गर्‍यो तर महासंघ संयमित भयो संयमित हुनु पनि कारण थियो उसले बन्द सफल बनाउनु र हरेक घटनामा प्राय राजनीतिक दलले पक्राउ गरेका व्यक्तिहरु साझमा आँफै प्रहरीले छाडिदिनु ।

त्यती खेर सम्म आम मानिसमा प्रदेश नं १ बन्द भन्ने लागिरहेको थियो सवारी साधनहरु पातलो मात्रामा चल्दै थियो । जब महासांघले पूर्ण रुपमा बन्द गराउन मनशान्त होटल अगाडिबाट आफ्नो र्यालीलाई सडक तर्फ अघी बढायो तब प्रहरीले हस्तक्षेप गर्‍यो । प्रहरीले र्‍यालीलाई सडकसम्म आउनै नदीई महासंघका सुनसरी अध्यक्ष राम राई सहित १५ जना नेता कार्यकर्तालाई पक्राउ गर्‍यो । जब १५ जनालाई प्रहरीले पक्राउ गर्‍यो सडकमा महासंघका कार्यकर्ता देखी नेता सम्म देखिन छाडे सडक आँफै खुल्यो लामो दुरी देखी छोटो दुरी सम्मका सवारी साधनहरु बाक्लो रुपमा चले तब सर्वसाधारण देखी अन्य केही व्यक्तिले सेमत महासंघको आन्दोलन असफल भएको भन्न् थालेका छन ।

यस घटना हेर्दा खेरी महासंघ प्रदेश १ मा कमजोर रहेको समेत देखिन्छ । इटहरीको बन्दलाई सुनसरी अध्यक्ष राम राईले नेतृत्व गरिरहेका थिए तर राम राईलाई नै प्रहरीले पक्राउ गरिसकेपछी महासंघ नेतृत्व विहिन भएको थियो फलस्वरुप महासंघको बन्द असफल भयो ।

तर नेपाल आदिवासी जनजाती म्हासंघका केही नेताले भने बन्द सफल भयो भन्ने दाबी गरिरहेका छन ।

तपाईको प्रतिक्रिया