इटहरी, भोलि साउन ०४ गते प्रदेश नं १ बन्द हुने भएको छ । परिवर्तनबाट स्थापित सकारात्मक विभेद ( आरक्षण ) लाई निस्तेज पार्ने नियतले आएको विज्ञापनको विरोधमा निस्किएको आदिवासी जनजाती महांसघ प्रदेश नं १ ले बन्दको कार्यक्रम आयोजना गरेको हो ।

महासंघ लोक सेवा आयोगले निकालेको विज्ञापनको विरोधमा गत जेष्ठ १६ गते देखि निरन्तर लागिपरेको जनाउदै देशमा आएको प्राकृतिक विपतीका कारण स्थगित भएको आन्दोलन आज देखि पुन शुरु भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

१ नं प्रदेश का अध्यक्ष धुर्व कुमार लिम्बुको लिखित हस्ताक्षरमा देशको विभिन्न स्थानमा हालको विपतकालिन परिस्थिति आइपरेकोले पुर्वनिर्धारित कार्यक्रम बमोजिम २०७६ साउन २ र १० गते बन्द स्थगन गरि साउन ०४ गते प्रदेश नं १ बन्द गर्ने र आन्दोलनका कार्यक्रम भने निरन्तर जारी राख्ने भनिएको छ ।

तपाईको प्रतिक्रिया