इटहरी, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले तिव्र गतिमा मुलुकको व्यापार घाटा बढी रहेको भन्दै चिन्ता व्यक्त गरेकी छन । उद्योग वाणिज्य संघ इटहरीको ९औं पदस्थापना कार्यक्रमकी प्रमुख अतिथी राणाले मुलुकको व्यापार घाटा तिव्र गतिमा अगाडि बढी रहेको र रोजगारीका लागि युवाहरु विदेश जाने क्रम पनि बढी रहेको तर्फ उद्योग वाणिज्य महासंघ पनि चिन्तीत बनिरहेको वताएकी हुन ।

मुलुकमा दुई तिहाइको सरकार रहेकाले आर्थिक समृद्धि तर्फ अघि वढाउनु पर्नेमा त्यसो समेत हुन नसकिरहेको भन्दै आर्थिक समृद्धि बोलेर मात्र नहुने बताइन  कामदारहरुलाई पान नम्बर अनिर्वाय गर्ने सरकारी निती अस्थायी कामदारहरुका लागि गर्न सकिन्छ भन्ने विषयमा छलफल भई रहेको समेत राणाले जानकारी गराइन ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष भिमबहादुर पौडेल लगायतलाई अघिल्लो कार्य समितिका अध्यक्ष लिलम बस्नेतले पदभार हस्तान्तरण गरेका थिए ।

उद्योग बाणिज्य संघ इटहरीको नवनिर्वा्चित अध्यक्ष भिम पौडेल सहितका निर्वा्चितहरुलाई पदस्थापना गराईएको हो उद्योग बाणिज्य संघको महासचिव पिताम्बर पोखरेल,वरिष्ठ उपाध्यक्षमा दिवस पोखरेल उपाध्यक्षद्धयमा अनिल सुब्वा र लक्ष्मण हुमागाई चयन भएका छन । त्यस्तै कोषाध्यक्षमा गायत्री भण्डारी चयन भईन । उद्योग सचिवमा विष्णु डागी र बाणिज्य सचिवमा शोभा कोईराल (सविना)लाई मनोनित गरिएको छ ।नवनिर्वा्चित अध्यक्ष भिम पौडेलले ब्यापारीहरुको हक हितको विषयमा गम्भिर रुपमा लाग्ने बताए

तपाईको प्रतिक्रिया