हाम्रो छिमेकी राष्ट्र भारतको मध्य प्रदेशमा एक आश्चर्य जनक घटना
सार्वजनिक भएको छ । मध्ये प्रदेशको छतरपुरका एक स्थानीयको पेटबाट विभिन्न प्रकार चिजहरु निकालिएको छ, जसले केवल अपरेशनमा खटिएका डाक्टरहरु मात्रै होइनन्, दुनियाका सबैलाई आश्चर्यचकित बनाउँछ ।

अपरेशनबाट एक ब्यक्तिको पेटबाट प्लास्टिकको पेन, बोरा सिलाउन प्रयोग गरिने सियो, ब्लेड, फलामको काँटी, लेदरमा विभिन्न सामानलगाएत ३३ प्रकारका सामग्रीहरु निकालिएको छ । इशानगरका ३० वर्षीय योगेश यादबको दुई दिन पहिले अत्याधिक पेट दुखाई भएको थियो । त्यसपछि उनी नजिकैको डाक्टर एमपिएन खरेको पास पुगेका थिए ।

त्यहाँ डाक्टरले बिरामी योगेशको पेटको एक्सरे गराए । त्यसपछि अपरेशन गर्नुपर्ने आवश्यक देखियो । अपरेशन गर्ने क्रममा योगेशको पेटबाट विभिन्न ३३ प्रकारका अखाध्य पदार्थ निकालियो ।

परिवारको भनाइ अनुसार योगेशको टाउको दुखिरहने समस्या थियो । उनको जे पायो त्यही उठाएर खाने नराम्रो बानी थियो । त्यसरीले उनको पेटमा फलाम र प्लाष्टिकका विभिन्न सामान थुप्रिएपछि उनको पेट दुख्न सुरु गरेको थियो ।

अपरेशनपछि योगशको स्वास्थ्यावस्था पहिले भन्दा धेरै सुधार भएको बताइएको छ । अहिले डाक्टरहरुले योगेशलाई केही दिनसम्म आफ्नै निगरानीमा राख्ने फैसला गरेका छन् । योगशकी आमा सुष्मा यादबले भनिन्, ‘अपरेरशनपछि छोरा योगेशलाई भेटे । उनी पूरै ठीक अवस्थामा देखे । हामी कसैलाई थाहा भएन, उनले फलामको किला खान्छन् भनेर ।’

तपाईको प्रतिक्रिया