- राज पोखरेल

सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिका स्थित पुर्वपश्चिम लोकमार्गमा कालोपत्रे गरिएको सडक दुई महिना नबित्दै भात्किएको छ । उक्त सडक कालोपत्रे गर्न गीताञ्जली जोशीला जेभीले ठेक्कामा लिएको थियो ।  ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण सडक निर्माण पुरा भएको दुई महिना नबित्दै भत्किएको स्थानीयले बताएकाछन । १ करोड ८३ लाखको लागतमा गीताञ्जली र जोशीलाले सयुक्त ठेक्का पारेको थियो ।

लोकमार्ग मर्मत सम्भार गर्ने भन्दै केही महिना अगाडि गीताञ्जली जोशीला जेभीले पुर्वपश्चिम लोकमार्गमा कालोपत्रे माथि कालोपत्रे गर्ने कार्य गरेको थियो । सोही समयमा नै स्थानिय केही व्यक्तिहरुले डब्बल पिच गर्नुको औचित्य नभएको भन्दै गुनासो गरेका थिए । उनिहरुले उक्त कार्यमा बजेट सक्ने मेलो भन्दै आलोचना समेत गरेका थिए । हुन पनि त्यस्तै देखिन्छ असार अन्तिममा आएर धमाधम कालोपत्रे गर्नु राम्रो कार्य हैन । त्यसको परीणाम यो असारे झरिमा देखिन थालेको छ ।

निरन्तर अविरल वर्षाको कारण उक्त बनाइएको कालोपत्रे भात्काउन मात्र हैन सोही थपेको कालोपत्रेका कारण पुरानो कालोपत्रेलाई समेत भात्काएको छ । असारको अन्तिममा आएर काम गरेर बजेट सक्ने काम भएको स्थानीय रमेश खड्काले बताए । सुन्दरहरैचा स्थित बुढीखोला देखी पुर्वी सिमाना बेलाबारी सम्म ४८०० मिटर लम्बाई ( बिच बिच ) मा रहेको सो सडकको कालोपत्रे सबै भत्किएको छ । कालोपत्रे हाल्दा जाम हुनु पर्नेमा सबै गिटी निस्किएर भत्किएको हो ।

सडक मात्र भात्किएको छैन अगाडि नै बनिसकेको गछिया पुल माथि मर्मत गरेको भन्दै पुन पुल माथि कालोपत्रे गरिदा पुलमा नै खाल्डो परेर यती बेला पुल नै धरापमा परेको छ । यती खेर उक्त भात्किएको सडकमा पानी पर्दा हिलाम्मे हुन्छ भने घाम पर्दा सडकमा गिटी निस्किएपछि धुलो बनेको छ । कालोपत्रे गरिएको सडकमा अलकत्राले नसमाउँदा सबै गिटीहरु निस्किएर धुले सडकको जस्तो बन्दै गएको छ ।

सोही बिषयमा जानकारी लिन हामीले ठेक्केदार कम्पनी सग जानकारी लिदा कम्पनिका एक प्रतिनिधि ऋषी जोशीले वर्खाको कारण भात्किएको तर सामान गुणस्तर भएको नै दाबी गरेका छन । जोशीका अनुसार ४८०० मिटर लम्बाई कालोपत्रे गर्ने भनिएको सम्झौतामा पछी हामीले ५७०० मिटर लम्बाई सडक कालोपत्रे गर्नुपर्ने भयो जसका अनुसार यो स्थिती भयो तर जोशीले भने मौसमका कारण देखाउदै कालोपत्रे भात्किएको दाबी गरे ।

यता सुन्दरहरैचा १२ का स्थानिय युवा रमेश खड्काले भने एक त असारमा झरी आउछ भन्ने थाहा हुँदा हुँदै गरिएको उक्त कालोपत्रे बजेट पचाउन गरिएको भने । उनले कालोपत्रे गर्दा गुणस्तर हिन कञ्चापदार्थ प्रयोगगर्दा यो समस्या आएको बताए ।

त्यस्तै सुन्दरहरैचा ०३ स्थित हरी गुरुङ भन्छन यती राम्रो पुल हेर्दा हेर्दै खाल्डो बन्यो अब त कहिले भत्केला भन्दै गन्ने दिन आएको छ । सधैं वर्खा लाग्दा गछिया खोलामा बढीको त्रास थियो अब त पुलको पनि त्रास हुने भयो ।

यसै बिषयमा बुझ्न सडक डिभिजन कार्यलय विराटनगरका डिभिजन प्रमुख शुभराज न्यौपानेको पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

यसै बिषयमा प्रदेश १ को प्रदेश सभा बैठकमा समेत कुरा उठेको छ । सभामा बोल्दै प्रदेश सासंद लोकप्रशाद सङ्ग्रौलाले २ महिना अगाडि गरिएको सडकको पिच पानीका कारण उप्किएको बताए । उनले दुई महिनामै उप्किने गरी सडक पिच गर्ने ठेकेदारलाई कारबाही गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । मोरङको गछिया पुल, बुढी पुलमा गएर कालोपत्रे गरेको सडक हेर्न अनुरोध गर्दै उनले राष्ट्रिय सम्पत्तीमाथि खेलवाड गर्नेलाई कारबाही गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया