इटहरी, इमोमा साथी बनी भेट्न् बोलाई दुर्व्यवहाँर गरेको आरोपमा इटहरीमा एकजना पक्राउ परेका छन । सुनसरी हरिनगर १ का २५ बर्षिय कन्सल्टेन्सी सञ्चालक अमन अन्सारीले सामाजिक सञ्जाल इमो मार्फत विराटनगरकी एक युवतिलाई भेट्न् बोलाएर वीवाह गर्ने आश्वासन दिदै दुर्व्यवहाँर गरेको भन्दै पीडित युवतिले प्रहरी समक्ष उजुरी दिएकी हुन ।

उक्त युवतीको उजुरीका अनुसार प्रहरीले अन्सारिलाई पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखिएको ईलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । केटाले जागिर लगाईदिन्छु भन्दै दुब्र्यवहार गरे पछि केटी पक्षका आफन्तले अन्सारीलाई इटहरी बोलाए पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया