इटहरी । लोकसेवा आयोगले जनजाती, दलित लगायतको आरक्षीत कोटा हटाउने निर्णय गरे पछि आदिवासि जनजाती महासंघले त्यसको बिरोध कार्यक्रम गरेको छ । बहुमतको सरकारले जनजाती , पिछडिएको वर्गलाई भनेर छुटेयाउदै आएको कोटा हटाउने काम गर्नु सम्पुर्ण जनजाती माथी प्रहार गर्नु भकउो भन्दै देशव्यापी आन्दोलन गरेको छ ।
समावेशि आरक्षणकोटा कायम गर भन्दै जनजाती महासंघले मशाल जुलुस सुनसरीको इटहरीमा निकालेको छ । मशाल जुलुस निकेल्ने क्रममा प्रहरीले मशाल खोसेको थियो । मशाल जुलुस पछि कोणसभामा परिणत भएको उत्त बिरोध कायक्रममा बोल्दै जनजाती महासंघका केन्द्रिय महासचिव अशोक चेम्जोङ्गले सविंधानमा भएको तृटिहरुलाई पुनः संशोधन गर्न पटक पटक आग्रह गरेको तर सरकारले दादागिरि शैलिमा आफ्नो कुरा नसुनेको बताए ।
महासंघले चरणबद्ध आन्दोलन गर्ने जनाएको छ त्यसै अन्र्तगत साउनको २ र १० गते नेपाल बन्द गर्ने कार्यक्रम रहेको महासचिव चेम्जोङ्गले बताए । धर्मनिरपेक्ष, सघियता, गणतन्त्र आत्मसाथ गर्दै जानेहरुको आन्दोलन रहेको बताए ।

तपाईको प्रतिक्रिया