सुन्दरहरैचा, आयु जीवनले धानेको, बोकेको, बिताएको समय हो । समय, जीवनलाई नाप्ने गणितीय औजार वा माध्यम हो । वर्षहरू खुड्किला हुन्, मान्छे चढ्दै जान्छ, उक्लिँदै जान्छ, अनेक आयाम र उपलब्धिमा विस्तारित हुँदै जान्छ । सँगसँगै निख्रँदै, घट्दै, छोटिँदै, खिइँदै जान्छ उमेरसँगै । आयु लामो वा छोटो, जति पनि हुन सक्छ । जीवनमा वर्षहरू थपिँदै जान्छन्, जीवन रसिलो, भरिलो, तेजिलो, सुकिलो हुँदै पनि जान्छ । फेरि उमेरको मध्याह्नपछि यो विरसिलो, खुकुलो, मधुरो र धमिलो पनि बन्दै जान्छ । यो जीवन जस्तो भए पनि भोग्नुपर्छ । तर बाध्यता हुनुहुँदैन जीवन, जीवन त रहर हुनुपर्छ । रहरैरहरमा फुल्नुपर्छ र फुलिरहनुपर्छ, ओइलाउनु हुँदैन जीवन । अनि जीवनको जन्मोत्सव हरेक वर्ष मनाउनुपर्छ । जन्मोत्सव नमनाउनेले जीवनलाई बिर्सेका हुन्छन् । आफ्नै जीवन नै बिर्सेर पनि के गरी बाँच्नु ।

जीवनको हरेक जन्मोत्सव हरेक मानिसले विभिन्न तरिकाबाट मनाईरहेका हुन्छन । कसैले परिवार सग रमाइलो गरेर त कसैले साथीभाई सग रमाइलो गरेर । तर सुन्दरहरैचा नगरपालिका १० का युवा होम बहादुर श्रेष्ठ (कमल) ले आफ्नो ४७ औ जन्मोत्सव फरक किसिमले मनाएका छन ।

फजुल खर्च गर्ने युवा पुस्ताका लागि उदाहरणीय बनेका छन्, कमल । उनले आफ्नो जन्मोत्सवमा वृद्ध–वृद्धाहरुलाई खानापानसँगै व्यक्तिगत आर्थिक सहयोग पनि गरेका छन् ।

‘अहिले युवा पुस्तामा निकै धनराशी खर्चेर होटल, रेष्टुरामा बर्थडे मनाउने चलन छ । तर,मलाई त्यसरी बर्थडे सेलिब्रेट गर्ने रहर जागेन ।’उनी भन्छन,‘युवा पुस्ताले आफ्नो बर्थडेमा फजुल खर्च गरेर जन्मोत्सव मनाउनुभन्दा केही सामाजिक कार्य गर्दा समाजको भलो होला जस्सतो लाग्छ ।’ उनले होटलमा सेलीब्रेट गर्ने खर्च आमा बुवाहरुलाई सहयोग गरेको बताए ।

उनले आगामी जन्मोत्सव पनि यसरी नै मनाउने प्रण पनि गरे । जन्मोत्सवको अवसर पारेर आयोजना गरेको उक्त कार्यक्रममा उनले आगामी दिनमा विगत झै सामाजिक क्षेत्रमा समेत अगाडि बढ्ने अवसर खोजिरहेको बताए ।

तपाईको प्रतिक्रिया