नेपालमा पहिलोपटक कफी खेतीसम्बन्धी तथ्यांक संकलन कार्य सम्पन्न भएको छ । केन्द्रीय तथ्यांक विभागले एक वर्ष लगाएर गरेको अध्ययनअनुसार नेपालको कफी खेती ९६ प्रतिशत अर्गानिक रहेको पाइएको छ र यसको बजार युरोपसम्म फैलिएको छ ।

व्यवसायिक कफीखेती सर्वेक्षण २०७५/७६ अनुसार नेपालमा ६ हजार ३ सय ४६ वटा कफी उत्पादन गर्ने कृषि फर्महरु सञ्चालनमा छन् । मुलुकको चार प्रदेशका ३२ जिल्लामा व्यावसायिक रुपमा कफी खेती हुँदै आएको सर्वेक्षणले देखाएको छ ।

देशभरमा ९७३ हेक्टरमा जमीनमा व्यावसायिक रुपमा कफी खेती गरिएको छ भने करिब १५ लाख ५ हजार कफीका बोटहरु रोपिएका छन् ।

 

 

तपाईको प्रतिक्रिया