पूर्वराजा ज्ञानेन्द्र शाहले बर्षाका कारण परेको विपदप्रति दुख व्यक्त गर्दै दुखमा रहेका सर्वसाधारणको सहयोगका लागि उचित कदम चालिनुपर्नेमा जोड दिएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै उनले बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् ।

मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपद् व्यवस्थापनका क्रममा तिम्रो र मेरो भन्ने संकिर्ण सोचबाट माथि उठेर सहयोगमा जुट्न उनको अपिल पनि छ ।

उनले जनताको सुरक्षा, जीउ धनको रक्षामा हातेमालो गर्नुपर्ने बताउँदै राज्यले आफ्नो दायित्व बोध गर्दै, विविधतामा रहेका नेपालीले एकअर्कामा सहयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया