धनकुटा । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र गोदावरि एजुकेशनल फाउन्डेसन मोरङ्ग प्रा.लि.को आयोजनामा धनकुटामा ९० घण्टे इसिडि मन्टेश्वरी तालिम सञ्चालन भईरहेको छ ।
गत असार १६ गते देखि धनकुटा नगरपालिका वडा नम्वर ६ मा स्थित गोकुण्डेश्वर माध्यमिक बिद्यालयको हलमा सञ्चालन भईरहेको उक्त तालिममा धनकुटा नगरपालिका भित्रका २० जना स्थानियहरुको सहभागिता रहेको तालिम संयोजक अच्युत्त गौतमले बताए ।
तालिमका सहभागिहरुलाई सिटिईभिटिईले आगामि भदौ २० गते तालिमको समापनको दिन सिप परिक्षणको प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
धनकुटा नगरपालिकाका स्थानियहरुलाई मन्टेश्वरी शिक्षण बिधिबाट शिक्षण गराउन सक्ने र प्रशिक्षार्थीहरुलाई रोजगार दिने उद्धेश्यले तालिम सञ्चालन गरिएको मुख्य प्रशिक्षक लक्ष्मि खड्काले बताईन ।

तपाईको प्रतिक्रिया