दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रभासले ‘बाहुबली’ फिल्म गरेपछि उनको करिअर उचाइमा पुग्न सफल भयो । सन् १९७९ मा जन्मेका प्रभासका पिता एक फिल्म निर्माता हुन् भने काका फिल्म एक्टर हुन् ।

 

उनी पेशाले एक्टर भएपनि पढाइ इन्जिनियरिङमा गरेका थिए । २२ वर्षको उमेरमा उनले तेलुगु फिल्ममा डेब्यु गरेका हुन् । उनको पहिलो फिल्म ‘इश्वर’ हो । उनको वार्षिक आम्दानी ३.२ मिलियन डलर रहेको छ । उनी एउटा फिल्म खेलेबापत २१ देखि ३० करोड भारतीय रुपैयाँ लिने गर्छन् ।

 

उनको नेटवर्थ १९.१–२४.५ मिलियन डलर रहेको छ । सन् २०१६ मा उनले ७ करोड ट्याक्स तिरेका थिए । उनीसँग २.८२ करोड भारतीय रुपैयाँ पर्ने कस्टम रेन्ज रोभर, १.४४ करोड भारतीय रुपैयाँ पर्ने मर्सिटिज बेन्ज एस–क्लास, ८ करोड भारतीय रुपैयाँ पर्ने रोयल्स रोयस फ्यान्टम र १.२४ करोड भारतीय रुपैयाँ पर्ने जागुएर एक्सजे–एल कारहरु छन् ।

 

त्यस्तै, उनी बाइकका पनि निकै सौखिन हुन् । उनीसँग ७ लाख भारतीय रुपैयाँको होन्डा सिभिआर ६०० आरआर बाइक छ । ६००० पर स्वियारफिटमा फैलिएको आन्ध्र प्रदेशमा जुभिन हिलको एक आलिसान घरमा उनी बस्ने गर्छन ।

 

उनको बहुप्रतिष्ठित फिल्म साहो रिलिजको तयारीमा रहेको छ ।

तपाईको प्रतिक्रिया