इटहरी, केहिदिन यताको लगातारको वर्षाका कारण यतिबेला धेरैजसो भेग डुबानको चपेटमा परेको छ । सुनसरीको हकमा समेत खोलाहरुमा जलस्तर बढेको छ ।पछिल्ला केहि दिनयता सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्ने क्रममा छ ।आजको पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव २ लाख ७४ हजार ०६५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ । ब्यारेजका ३६ वटा ढोका खोलिएका छन् ।

उता एकाबिहानै सर्तकता लेवल पार गरेको चतरा स्थित बाढी मापन केन्द्रमा कोशीको जल स्तर बढेर ६ दशमलव १७ मिटरमा पुगेको छ ।चतरामा गरिने मापनले ५ दशमलव ६ मिटर तहले सर्तकता लेवललाई जनाउँछ । उक्त तह कोशीको वहावले आज विहानै पार गरिसकेको छ । चतरा स्थित बाढी मापन केन्द्रका अनुसार नदीको जल स्तर बढेर ६ मिटर नाघे खतरा र ६ दशमलव ८ बिन्दुमा पुगे पूर्ण रुपमा जोखिम सहितको खतरा भन्ने बुझाउँछ ।कोशीमा रातो बत्ति समेत बालिएको छ भने टाटे झण्डा फहराइएको छ । रातो बत्ति बालिएसँगै सर्वसाधारणमा त्रास समेत बढाएको छ ।

तपाईको प्रतिक्रिया