ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको लसुने खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ । आविरल बर्षाका कारण आएको बाढीले बगाउँदा चिशंखुगढी गाउँपालिका वडा नं. ४ नवलपुर बस्ने लाक्पा दावा शेर्पाकी श्रीमती ८५ वर्षीया पासाङपुटी शेर्पाको ज्यान गएको हो ।

बाढीले बगाएको अवस्थामा शेर्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया