खोटाङ, केही दिन अघी देखिको निरन्तर अविरल वर्षाका कारण अहिले नेपालको तराई पहाडका विभिन्न जिल्लामा प्राकृतिक विपत बढ्दै गएको छ ।

वर्षाका कारण आज बिहान कारीब ०४ बजे खोटाङको खोटेहाङ गापा-२ बाक्पचाङ गाउपालिकामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन् ।

पहिरोले घर बगाउनासाथ स्थानीयवासीले विष्णुलाई घाइते अवस्थामा उद्धार गरेका थिए भने अन्य बेपत्ताको उद्धारका लागि खोटाङ बजार इलाका प्रहरी कार्यालयबाट प्रहरीसहितको टोली घटनास्थलमा परिचालन भएका छन् । घाईते बिष्णु राईको स्थानिय मेडिकलमा उपचार भइरहेको अवस्था तत्काल सामान्य रहेको ।

तपाईको प्रतिक्रिया