बेलाबारी, अविरल बर्षापछि आएको बाढीका कारण विराटनगर–रंगेली सडक खण्डस्थित लोहन्द्रा खोला माथिको पुल जोखिममा परेको छ । खोलामा बाढी आएपछि आज बिहान सो पुलमाथिबाट पानी ओभरफ्लो भएको थियो ।

खोलाको जलस्तर बढ्नुका साथै बाढीले बगाएर ल्याएको झारहरु पुल मुनि अड्किएपछि पानी ओभरफ्लो भएको स्थानीयले बताएका छन् । बाढीले बगाएर ल्याएको झारहरुका कारण पुल मुनिको भाग थुनिने क्रम बढेपछि पुल बग्ने खतरा बढेको छ ।

तपाईको प्रतिक्रिया