काठमाडौँ , सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित शुक्रवार कार्यक्रमस्थलबाट ‘लखेटिएका’ छन् ।

आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलबाट चर्को नाराबाजी लगाउँदै मन्त्री पण्डितलाई लखेटेका हुन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औँ सञ्चालक परिषद्को बैठकमा मन्त्री पण्डितलाई निमन्त्रण भएको थियो । ललितपुरको जावलाखेलमा आयोजित सो बैठकको अध्यक्षता गर्न मन्त्री पण्डित शुक्रवार बिहानै कार्यक्रमस्थलमा पुगेका थिए । बैठक सुरु भए पछि बैठक स्थलमा प्रवेश गरेका आदिवासी जनजाति युवा विद्यार्थी नेतृत्वका युवाहरूको समूहले कालोझण्डा लिएर प्रदर्शन गरेका थिए ।

विद्यार्थी नेतृत्वका युवाहरूको कडा प्रदर्शनीको कारण मन्त्री पण्डित कार्यक्रम स्थल छोडेर गएका थिए ।

तपाईको प्रतिक्रिया