इटहरी, सरकारले चन्द समुहको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्दित गरे सगै विप्लब समुहले बेला बेलामा नेपाल बन्दको घोषणा गर्दै आईरहेको छ भने बेला बेलामा कहि कतै देशका मुख्य शहरहरुमा अपराधिक घटनाहरु सञ्चालन गर्दै आइरहेको छ ।

विप्लव समूह अपराधिक घटनामा सक्रीय हुँदै गए पछि नेपाल प्रहरीले विप्लवका कार्यकर्ता तथा नेतालाई पक्राउ गर्दै आइरहेको छ ।

त्यस्तक विप्लव समुहका कोशी ब्यूरो सदस्य डिवी सिलवाललाई प्रहरीले इटहरीबाट पक्राउ गरेको छ ।

धरानमा अत्याधुनिक हतियार ओसारपसारमा संलग्न, संखुवासभा र मोरङमा बम बिस्फोटमा फरार सिलवाललाई प्रदेश १ प्रहरीको रिट टोलीले इटहरी २ हलगडाबाट साझ पक्राउ परेका हुन ।
पक्राउ परेका सिलवालको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया