सुनसरी,  निरन्तरको वर्षाका कारण हरिनगर गाउपालिका–५ वसन्तपुरस्थित सुकसेना टोलका ४० घरपरिवार विस्थापित भएका छन्। उनीहरुलाई प्रहरीले उद्धार गरेर स्थानीय विद्यालयमा सुरक्षित राख्ने तयारी गरीरहेको छ । केही दिन पहिले सो स्थानमा नयाँबाटो निर्माण गर्दा पानीको निकास नभएर बस्ती डुबानमा परेको बताइएको छ।  सुकसेना टोलमा घुँडाघुँडासम्म पानी जमेको छ। भारी वर्षा जारी रहेकाले सो क्षेत्रमा थप उद्धारमा कठिनाइ भइरहेकाे छ ।

 

तपाईको प्रतिक्रिया