अघिल्लो आर्थिक वर्षको ३२७८ को दायित्व र यस वर्षको ४१३३ गरि कुल ७४११ मध्ये ४३४२ वटा मात्र फर्छ्यौट भए पछि ५९% लक्ष्य पूरा गर्न सफल भएको हो। यस आर्थिक वर्षमा सुनसरी जिल्ला अदालतमा ६२८ मुद्दा फैसला गरेर जिल्ला न्यायाधीश धर्मराज पौडेल सबै भन्दा बढी मुद्धा फैसला गर्ने न्यायाधीश बनेका छन भने जिल्ला न्यायाधीश नारायण प्रसाद दाहालले ६०१ थान ,मुख्य जिल्ला न्यायाधीश पुरुषोत्तम ढकालले ५८० थान मुद्धाको फैसला गरेर आफ्नो ५४५ मुद्धा फैसला गर्नुपर्ने लक्ष्य प्राप्ती गरेका छन । सबै भन्दा कम जिल्ला न्यायाधीश ध्रुवकुमार उप्रेतीले ३५३ थान मुद्धा मात्र फैसला गरेका छन ।
सुनसरी जिल्ला अदालतमा हाल ९ वटा इजलास संचालित छन । सुनसरी जिल्ला अदालतमा मुद्धाको चाप अत्यन्तै छ । हाल पनि १ वर्ष भित्रका २१७८, एक वर्ष देखि डेढ वर्ष भित्रका ६६२,सो भन्दा माथी दुई वर्ष भित्रका १६७ र दुई वर्ष नाघेका ६२ गरे कुल बाकी ३०६९ मुद्धा रहेका छन । कुल थुनुवा मुद्धा ३६२ रहेकोमा १०२ फर्छयौट भैसकेका छन ।
मुद्धाको चाप बमोजिमको कर्मचारी ,प्राविधिक ,कार्यालयको उचित व्यवस्थापन गर्न सक्नु हो भने लक्ष्य प्राप्ती गर्न सकिने अवस्था छ।  

तपाईको प्रतिक्रिया