इटहरी । सुनसरीको इटहरीमा एचआइभी एड्स सम्वन्धीत सचेतना गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
युवाहरुलाई लक्षित गरि इटहरी अस्पतालको संयोजन तथा स्वास्थ्य कार्यालय सुनसरीको आयोजना रहेको एक दिने सचेतना गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा एचआइभि एड्डका अवस्था सर्ने नसर्ने तरिका देखि लिएर कसरी सुरक्षित हुने जस्ता विषयमा सहजिकरण गरिएको थियो । इटहरी अस्पतालका चिकित्सक जितेन्द्र गुप्ताको अध्यक्षता भएको गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा निसान्त दाहाल , रामकुमार धमलाले सहजिकरण गरेका थिए । कार्यक्रममा विभिन्न सामाजिक संस्थामा आवद्ध २० जना युवायुवतीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया