इटहरी । सामुदायिक विद्यालयमा अध्ययनरत सुनसरी र मोरगंका विधार्थीहरुलाई पोशाक तथा स्टेसनरी वितरण गरिएको छ ।
उप्का नेपाल र सेफ द चिल्ड्ेनको सहकार्यमा विभिन्न विद्यालयमा अध्ययनरत आर्थिक रुपमा विपन्न परिवारका ४० जना विद्यार्थीहरुलाई पोशाक तथा स्टेसनरी वितरण गरिएको हो ।
विद्यार्थीहरुलाई पोशाक ,जुत्ता ,व्याग ,कपी ,कलम लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो । प्रत्येक विद्यार्थीलाई ४ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको उप्का नेपालकी कार्यकारी निर्देशक सकुन्तला सुब्बाले जानकारी दिइन । कक्षा १ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई उप्का सहनिर्देशक डा.अजय कान्त र व्यवस्थापक जिवनकुमार सत्यालले शैक्षिक सामाग्री वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया