- राज पोखरेल

सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिका बाढीको उच्च जोखिममा रहेको छ । निरन्तर आएको अविरल वर्षाका कारण सुन्दरहरैचा नगरपालिका ०१,०३,०४,०५,०६,११,१२ नं वार्ड जोखिममा रहेको उपमेयर धना तमाङले बताएकी छिन । निरन्तर पानी पर्नु सगै सुन्दरहरैचामा निकासीको समस्या छ , सोही समस्याका कारण जमुवा पानी खोला जस्तै बने पछी सुन्दरहरैचाका कयौ घर डुबानमा परेको उपमेयर तमाङले बताइन ।

सुन्दरहरैचा नगरपालिका ०१ का स्थानिय वासी विर बहादुर श्रेष्ठ भन्छन:- वर्षेनी आउने यस्ता प्राकृतिक विपतबाट सुन्दरहरैचा उच्च जोखिममा पर्दै आएको छ । तर पनी सम्बन्धित निकाय प्राकृतिक जोखिम न्युनिकरण काम गर्ने कुरामा चासो देखाएको देखिन्न । उनी भन्छन बढी आउछ जनप्रतिनिधी अनुगमनमा आउछन जान्छन तर हामी जनताको लागि केही हुन्न ।

तर उपमेयर तमाङ नगरमा विपत व्यवस्थापन सम्बन्धी कार्य गरिरहेको बताउछिन । उनी भन्छिन भर्खरै वर्खा शुरु भयो अहिले शुरुवात भयो अब हामी विपत व्यवस्थापन न्युनिकरण तिर लाग्छौ ।

त्यस्तै वर्षाका कारण खोर्साने केराबारी सडक खण्डमा रहेको जगलको रुख ढल्दा केही समय सडक आवगमन समेत ठप्प बनेको थियो ।

तपाईको प्रतिक्रिया