विर्तामोड-चार्जमा राखेको मोवाईल फोन चिसो हातले छुँदा करेन्ट लागेर गौरादह ८ दामाबारीमा एक बालकको मृत्यु भएको छ।

मोरङको रतुवामाई नगरपालिका घर भई झापाको गौरादह ८ जुरोपानी दामाबारी चोकस्थित मामाघर बस्दै आएका ६ वर्षीय रोशन महतोको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ।

मोरङ रतुवामाई–१ का गोल्छा महतोका छोरा ६ वर्षीय रोशन महतो गौरादह-८ दामाबारीस्थित मामा सन्जित महतोको घरमा बसेर स्थानीय ज्ञानोदय माबिमा कक्षा एलकेजीमा अध्ययनरत थिए।

तपाईको प्रतिक्रिया