इटहरी , इटहरी ५ स्थित जनता बहुमुखि क्याम्पस अगाडीको सुकुमारी खोलाले एक युवालाई बगाएको छ । सीमरबना घर भई सोहि स्थानमा ग्रील पसलमा काम गर्ने अन्दाजी ३६ वर्षका सागर थापालाई माछा मार्ने क्रममा बाढीले बगाएको स्थानियले बताएका छन ।

स्थानियका अनुसार बिहान ११ बजे घर नजिकको खोलामा बाढी आएपछि युवक माछा मार्न जाल लिएर निस्केका थिए । सोही क्रममा युवकलाई बढीले बगाएको स्थानियले बताएका छन ।

अहिले उक्त स्थानमा प्रहरी, स्थानिय व्यत्तिहरुको उपस्थितिमा बेपत्ता युबकको खोजिकार्य भइरहेको  छ ।खबर पाए लगत्तै इलाका प्रहरी कार्यलयबाट टोलि खटाई खोजिकार्य भईरहेको र हाल सम्म नभेटिएको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) समिरचन्द्र खरेलले जानकारी दिए छन् ।

 

तपाईको प्रतिक्रिया