भारतको उत्तर प्रदेश प्रान्तमा रहेको शारदा नहरमा बस खस्दा ३२ नेपाली र एक भारतीय नागरिको जीवितै उद्धार गरिएको छ । बुधबार फूलबेहड़ गाउँमास्थित शारदा नहरमा बस खसेपछि त्यहाँ भारतीय प्रहरीले नेपाली नागरिकलाई जीवितै उद्धार गरेको थियो । भारतको शिमलाबाट दाङको लागि छुटेको नेपाली बस विहान करीब ५ बजे शारदा नहरमा खसेको टाइम्स अफ इंडिया आनलाइनले जनाएको छ ।

प्रहरीको प्ररम्भिक अनुसन्धानअनुसार चालकले नियन्त्रण गुमाउँदा यो घटना भएको हो । उक्त पत्रिकाकाे अनुसार उत्तरप्रदेशको फूलबेहड़ थानाका प्रहरीले सूचना पाए लगत्तै घटना स्थलमा पुगेर स्थानीयको सहयोगमा ३२ नेपाली र एक भारतीयलाई जीवितै उद्धार गरेको थियो ।

त्यस्तै नहरमा खसेको बसलाई् दुई क्रेनको साहयताले बाहिर निकालेको थियो । उद्धारमा खटिएका एक प्रहरी अधिकारीका अनुसार नहर आउनु भन्दा आगाडि एउटा मोडमा चालकले कुरा गर्दै  बस लाई तीब्र गतिमा लैजान खोज्दा बस नियन्त्रण भन्दा बाहिर गएको थियो । त्यसपछि बस नहरको रेलिंगमा ठोक्किएर खसेको थियो । उद्धार गरिएका सबै नेपालीलाई उपचारपछि दाङ पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया