धनकुटा । धनकुटा नगरपालिका वडा नम्वर १० शेराफाँटमा गत बैशाख देखि ९ रोपनी क्षेत्रफलको जग्गा लिजमा लिएर दिवस श्रेष्ठ, राकेश साक्य, शैलेष श्रेष्ठ, बिक्रम प्रधान, निरज प्रधानको लागतमा सामुहिक रुपमा व्यावसाय शुरु गरेका छन् ।
धनकुटामा ५ जनाको मुख्य व्यावसाय हुदै पनि धरान धनकुटा कोशी राजमार्ग छेउमै पुन एउटा नमुना व्यावसायका रुपमा फार्म सञ्चालन गरि धनकुटामा एवंम पर्यायर्पटनको विकासकालागि सामुहिक फार्म खोलि एग्रो टुरिजम सञ्चालन गर्न लागिएको संचालक बिक्रम प्रधानले बताए ।
संचालक शैलेस श्रेष्ठका अनुसार बिधिवत रुपमा आगामी साउन १५ बाट उद्घाटन गरि सेवा दिने उद्धेश्यले स्थापना गरिएको यस संस्थामा हाल लोकल कुखुरा दुई सय ५० वटा, हाँस तीन सय वटा, बटाई चरा ५० वटा, माछा एक हजार माछा, र पाँच वटा टर्की लगायत पशुपक्षि जम्मा एक हजार १६ सय पाँचको संख्यामा रहेका छन् ।
होटलमा आवश्यक भएमा लोकल कुखुरा, हाँस, माछाहरु खपत गरि बाँकि रहेका बिक्रि वितरण गर्ने उद्धेश्यका साथ शुरु गरिएको फार्मबाट हाल हाँस र कुखुरा बिक्रि गरिरहेको संचालक दिवस श्रेष्ठले बताए ।
स्थानिय क्षेत्रमा एग्रो फर्म खोलेर स्थानिय क्षेत्रका युवाहरुलाई स्वदेश मै रोजगार दिने उद्धेश्यका साथमा स्थापना गर्न लागिएको एग्रो फार्ममा बाल बालिकाहरुका लागि बाल उद्यान, गर्मि समयमा नुहाउनका लागि सुईमिङ्ग पुल, गार्डेन लगायतको मनोरञ्जनपुर्ण वातावरण सहितको रेष्टुरेन्ट स्थापना गर्न लागिएको हो ।
स्थानिय जातका लोकल कुखुराका साथै स्थानिय क्षेत्रमा आफ्नै बारिमा अर्गानिक साग शब्जि उत्पादन गरि एग्रो फार्ममा आउने आन्तरिक तथा बाह्रय पर्यटकहरुलाई अर्गानिक खाना खुवाउने व्यावस्था समेत रहेको संचालक राकेश शाक्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया