इटहरी । पौडिका पारखीहरुको लागी प्रदेश एकमै पहिलो पटक सुनसरीको इटहरीमा साउन ३ गते खुल्ला पौडि प्रतियोगिता हुने भएको छ । वल्र्ड एक्वाटिक डेको अवसरमा पहिलो पटक यस्तो प्रतिस्पर्धा हुन लागेको हो । सुनसरी जिल्ला पौडि संघको आयोजना तथा नेपाल पौडि संघको संयोजनमा पौडि प्रतियोगिता हुने भएको हो ।
यो प्रतियोगितामा पुरुष, महिला तथा बालबालीकाले समेत सहभागीता जनाउन सक्नेछन् । पुरुष तर्फ १४ बर्ष देखि ४० बर्ष सम्मका उमेर समुहले भाग लिन सक्नेछन भने महिलालाई उमेरको कुनै हकबन्दी नरहेको ओसियन पार्कका सञ्चालक तथा नेपाल पौडि संघका केन्द्रिय सदस्य डम्बर तामांगले बताए । पुुरुष तर्फ फ्रि स्टाईल तर्फ ५० मिटर , ब्रस्ट स्टक तर्फ १०० मिटर , ब्याक स्टक तर्फ ५० मिटर लगायतमा प्रतिस्पर्धा हुने छ भने महिला तर्फ फ्रि स्टाईल २५, ब्रस्ट स्टक तर्फ ५०मिटरमा प्रतिस्पर्धा हुने केन्द्रिय सदस्य तामांगले बताए ।
त्यसैगरी बालबालीकाको लागी १३ बर्ष भन्दा कम उमेर समुहले मात्र भाग लिन सक्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया