बेलबारी, मोरङको बेलबारी वडा नम्बर २ मा रहेको कबीर निरन्तर बिकास समितीको आयोजनामा जारी दोस्रो टोल विकास संस्था स्तरीय फुटवल प्रतियोगिताको सोमबार भएको दोस्रो खेलमा शान्ति टोल विकास संस्था विजयी भएको छ ।
सोमबार भएको उक्त खेलमा शान्ती टोल विकास संस्थाले सदभाव टोल विकास संस्थालालाई ३–० गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफमै शान्ति टोल विकास संस्थाका जर्सी नं. ७ का खेलाडी किशोर लिम्बूले २ गोल गरेका थिए भने खेलको दोस्रो हाफमा शान्ति टोलकै अर्का जर्सी नं. १० का खेलाडी अनिष अधिकारीले १ गोल गर्दै आफ्नो टिमलाई विजयी बनाएका थिए ।
उक्त खेलका म्यान अफ द म्याच शान्ति टोल विकास संस्थाका खेलाडी किशोर लिम्बू भएका थिए । त्यसै गरि भोलिको तेस्रो खेल रमिते टोल विकास संस्था र लक्ष्मी टोल विकास संस्था बिच हुने आयोजनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया