काठमाडौं, भारतबाट आयात गरिएका केही आयूर्वेदिक औषधि गुणस्तरहीन र हानिकारक भएको दावी उपभोक्ता हित संरक्षण मञ्चले गरेको छ । मञ्चले पत्रकार सम्मेलन गरेर यस्ता औषधिका विषयमा सजग हुन आग्रहसमेत गरेको छ ।

डाबर इण्डिया लिमिटेडबाट उत्पादन भएको र डाबर नेपालबाट वितरण भइरहेको औषधिमा मञ्चले प्रश्न उठाएको हो । मञ्चका महासचिव बाबुराम गुरागाईले विभिन्न ल्याबमा भएको टेष्टबाट डाबरका केही औषधिमा आर्सनिकको मात्रा भेटिएको बताए ।

उनले कारबाहीका लागि यसबारे औषधि व्यवस्था विभागमा समेत जानकारी गराइसकिएको जानकारी दिए । यस विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समेत अनुसन्धान गरेको उनको भनाइ छ ।

महासचिव हुमागाईंका अनुसार डाबरका महायोगराज गुग्गल, पर्वल भास्मा, महावाटा, विगनाश रास, लगायतका नामका औषधिहरुमा यस्तो मात्रा देखिएको छ । यस विषयमा औषधि विभागले सक्रियता देखाउनु पर्नेमा बेवास्ता गरेको उनले गुनासो गरे ।

हुमागाई भन्छन्, ‘तथ्य प्रमाणित भएसक्दा पनि विभागले केही गरेन, गुणस्तरहीन औषधि तत्कालै बन्द गरिनुपर्छ ।’

यद्यपि, डाबरका सबै औषधिलाई नराम्रो भन्न भने नमिल्ने उनले बताए ।

तपाईको प्रतिक्रिया