काठमाडौं, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले भारतबाट आयात गरिएका तरकारीको विषादी परीक्षण गर्न नेपाल सरकारसँग क्षमता नरहेको बताएका छन् । राष्ट्रियसभाका सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सोमबार मन्त्री यादवले प्रष्टीकरण दिए– “एउटा विषयले बजार गरम छ । माननीयजी पनि तात्नु भएको छ । नेपाली जनताको हकहितका लागि तात्नु राम्रो कुरा हो । तर एउटा कुरा, कुन प्रलोभन, कुन नियत त्यो प्रश्न कहाँबाट उठिरहेछ भने लामो समय सत्तामा बसेर केही गर्न नसकेकाहरूको अर्कै फूर्तिफार्ती देखिन्छ । हामीले त विषादी खानु हुँदैन भनेर निर्णय गर्यौँ । तरकारीको जाँच गरेर ल्याउने भन्यौँ । तर हामीसँग त्यो क्षमता रहनेछन् । एकचोटी कृषि मन्त्रालय गएर बुझ्नुपर्यो, क्षमता कति छ । यहाँहरू सत्तामा बसेकै हुनुहुन्छ । नयाँ अनुहार कोही हुनुहुन्न । हामीले त राम्रो गर्न खोज्यौँ । तर, मेरो कमजोरी हो त्यो । कृषि मन्त्रालयसँग त्यो क्षमता रहेनछ ।”

तपाईको प्रतिक्रिया