इटहरी, देशभर मनसुन सक्रिय भएकाले सोमबार देखि तीन दिन अर्थात् बुधबार सम्म मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसमविद्का अनुसार यो तीन दिन बाढीपहिरो पनि जानसक्ने खतरा रहेकाले जोखिम क्षेत्रका बासिन्दाले होसियारी अपनाउनु आवश्यक छ ।

मनसुन भित्रेयता पहिलोपटक आइतबारदेखि देशभर सक्रिय भएको हाे । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशभर वर्षा हुने सम्भावना रहेकाे छ ।
आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ रहेकाे माैसमविदले जनाएका छन् । । यसपटक १० दिन ढिला गरी जुन २० तारिखमा मनसुन नेपाल भित्रिएकाे हाे।

तपाईको प्रतिक्रिया