इटहरी, हालका जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष किशोरलाल अमात्यको कार्यकाल अबको केही दिन मै सकिदै छ । यही असार २८ गते पश्चात अमात्यको कार्यकाल सकिने भएसँगै अध्यक्षका दाबेदारहरु पनि चर्चामा आउन थालेका छन् । अध्यक्ष दाबेदारको रुपमा विधार्थी नेता देखि युवा संघका नेता सम्म अहिले विभिन्न तरिकाबाट दाबेदार प्रस्तुत गरिरहेका छन ।

त्यसो त हाल कार्य समितिमा रहेका परिचित अनुहारहरु नै अध्यक्षका दाबेदारका रुपमा अग्रपङ्तीमा देखिएका छन् । अध्यक्षको दाबेदारका प्रबल सम्भावना भएका एक नाम हो रोहित कोइराला । पार्टीगत मात्र नभई सामाजिकरसाँस्कृतिक रखेलकुद जगतमा सक्रिय कोइराला कुनै नौलो नाम भने होइनन् ।

विराटनगर कै सीएमजी स्वस्थ क्लबको खेलाडी साथै उपाध्यक्षको भूमिका निवाह गरिरहेका कोइराला विराटनगरका स्थायी बासिन्दा समेत हुन् । त्यसो त खेलकुदसँगै सम्बन्धित विराट सांग्रिला क्लबसँग आवद्ध रहेका कोइराला लामो समयदेखि खेल क्षेत्रमै सक्रिय रहेकाले पनि आफू नेत्तृत्वमा रहन योग्य रहेको दाबी गर्छन् ।

हाल अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा सञ्चालनमा आएको मुख्यमन्त्री प्रदेश लिगको आयोजक कमिटी सदस्य तथा प्रचार प्रसार समितिको संयोजकको जिम्मेवारीमा रही लिग सम्पन्न गराउन व्यस्त कोइरालाले जिल्लाको नेत्तृत्व सम्हाल्ने अवसर दिएको खण्डमा खेल क्षेत्रलाई अझ व्यवस्थित तथा व्यवसायिक बनाउदै जिल्ला नेत्तृत्वलाई उचाईमा पु¥याउन आफू प्रतिबद्ध रहेको जिकिर गर्छन् ।

अध्यक्षका आकांक्षीहरुमा विभिन्न नामहरुको चर्चा परिचर्चा चुलिदैं जाँदा उति सजिलो नभएतापनि कोइराला खेलकुदमा लामो समयदेखि सक्रिय रहेकाले अध्यक्षमा सम्पूर्णको साथ समर्थन रहनुले पनि कोइरालाको सम्भावना बलियो रहेको छ ।

तपाईको प्रतिक्रिया