सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्त गर्ने तयारी गरेकाे छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सदस्य सचिवमा सिलवाललाई पठाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले सिलवाललाई सदस्य-सचिवका लागि तयारी अवस्थामा बस्न निर्देशन गरेकाे बालुवाटार स्राेतले बतायाे ।

सिलवाललाई भाेली बस्ने मन्त्रिपरिषदको बैठकले औपचारिक रुपमा नियुक्त गर्नेछ ।

निर्वतमान सदस्य सचिव केशवकुमार विष्टको असार ९ गतेबाट चार बर्षे कार्यकाल पुरा भएपछि सरकारले सिलवाललाई सदस्य सचिव नियुक्त गर्न लागेको हो ।

नेकपा निकट मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पुर्व अध्यक्ष समेत रहेका सिलवाल उच्च माध्यमिक विद्यालय एसोसिएसनका अध्यक्ष हुन् । उनि गोल्डेन गेट कलेजका सञ्चालक समेत हुन् । यसअघि सिलवाल नेपाल क्रिकेट संघको तदर्थ समितिको संयोजक रहेका थिए ।

सदस्य सचिवको दौडमा निर्वतमान सदस्य सचिव बिष्टसँगै दानबहादुर तामाङ, शिव कोईराला, पिताम्बर तिम्सिना लगायतले जोड गरिरहेका थिए ।

तपाईको प्रतिक्रिया