इटहरी । सांस्कृतिक पहिचान र कला प्रस्तुत गर्दै आएको मृगतृष्णा फेसन एण्ड प्रोडक्सन हाउसको आयोजनामा तेस्रो सस्करणको मिस गुरुगं इन्टरनेशनल प्रतिस्पर्धा गरिने भएको छ । 
मुलुकका विभिन्न ठाउँमा अडिसन गराई छनौट भएका ४० जना प्रतियोगीहरु मध्येबाट फाइनलमा प्रतिस्पर्धा गराइने इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
देशका विभिन्न ठाउँबाट अडिसनमा सहभागी भई छनौट भएका ४० जना प्रतियोगीहरुविच काठमाडौंमा फाइनल प्रतिस्पर्धा गराइने भएकाले प्रदेस नम्बर १को इटहरीलाई केन्द्र बनाएर आगामी साउन ४ गते इटहरी अडिसन हुने पत्रकार सम्मेलनमा प्रदेस संयोजक सिजन गुरुगंले जानकारी दिए । प्रतियोगितामा गुरुगं समुदायका १६ वर्ष देखि २५ वर्ष सम्मका युवतिहरुले सहभागिता जनाउन पाउने व्यवस्था गरिएको समेत उनले वताए ।
आगामी भाद्र २८ गते काठमाडौंमा हुने तेस्रो सस्करणको मिस गुरुगंको ताज उचाल्नेलाई स्कुटर ,विदेश भ्रमण ,व्यक्तित्व विकास तालिम र १० लाख बराबरका विभिन्न गिष्ट ह्याम्परले पुरस्कृत गरिने जनाइयो ।

तपाईको प्रतिक्रिया