विराटनगर, संघीय मामिला तथा कानुन मन्त्री भानुभक्त ढकालले इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम काठमाडौंमा आयोजना गर्ने निर्णयबाट सरकार पछि नहटेको बताएका छन ।

मोरङ व्यापारसंघको आयोजनामा विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले आइफा अवार्ड कार्यक्रम आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै विभिन्न मिडियामा भ्रमपुर्ण सामाचार आएको समेत दाबी गरे ।

मिडियाहरुमा आएका समाचार प्रायोजित रुपमा आएको भन्दै उनले सरकार आइफा अवार्डबाट पछि हटेको समाचार प्रकाशन प्रसारण गरेर आत्मरतिमा रमाउने काम भएको उल्लेख गरे । सरकारको लगानि भन्दा पृथक ढंगले कार्यक्रम आयोजना गर्ने मोडालिटिमै रहेको बताउँदै उनले नेकपा ठुृलो पार्टी भएकाले धेरै नेता कार्यकर्ता हुँदा कार्यक्रमका विषयमा केहि अभिव्यक्तिहरु आएपनि त्यो आधिकारीक नभएको स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया