- सुरज ढकाल

ध्यानको आवश्यकता आजको आधुनिक युगमा महत्वपूर्ण अंशको रुपमा रहेको छ । ध्यान अर्थात होस, ध्यान अर्थात जागृत, ध्यान अर्थात आनन्द, ध्यान अर्थात खेलपूर्ण हुनु, ध्यान अर्थात प्रेम, ध्यान अर्थात करुणा यस्ता अनेकौ अर्थबाट ध्यानलाई बुझ्न सकिन्छ । ध्यान सुखमय, आनन्दमय र शान्तिमय जीवन जीउने कला हो ।ध्यान हो वर्तमान, ध्यान हो प्रतिपल, ध्यान हो खुसी, ध्यान हो पूर्ण, ध्यान हो तृप्ती, ध्यान हो मनको मृत्यू, अनेकौ पर्यावाची शब्दहरुले ध्यानको महत्वलाई उजागर गरिरहेका छन् । ध्यानीको प्रत्येक विहानीको सुर्योदय नया दिन बनिरहेको हुन्छ, प्रत्येक रातको गहिरो निन्द्राको मजा लिइरहेको हुन्छ, जीवन जीउने प्रत्येक पलको मजा लिइरहेको हुन्छ । स्वास लिदाको मजा, स्वास छोड्दाको मजा, हेर्दाको मजा, बोल्दाको मजा, जीवनको हरेक क्षणको रस लिइरहेको हुन्छ । सहज, स्वीकार्य र तनावमुक्त जीवन ध्यानको देन हो । त्यही भएर भनिन्छ, ध्यानी मानिस महलमा पनि आनन्दीत हुन सक्छ, झुपडीमा पनि ।


विज्ञानले केही दशक अघि फड्को मार्नु पूर्व मानिसहरु सरल थिए । शारिरिक काम तथा खेतीपातीमा मानिस निर्भर थिए । पारिवारिक माहोलको वातावरणमा बढी रमाउथे । प्रेम, सदभाव, सम्मान, करुणा त्यतीबेलाका मानिसहरुमा पाइन्थ्यो । इष्र्या, लोभ, हिंसा जस्ता गुणहरु एकदमै कम थियो । दिनभरी खेतीपाती तथा शारिरीक काममा व्यस्त, उकाली ओरालीको हिडाई, शरिर थाकेको हुन्थ्यो, विश्राम गर्दा गहिरो निन्द्रामा सहजै जान्थे । स्वच्छ वातावरण, स्वस्थ खानपान र सहज जीवनशैलीका कारण मानसिक तथा शारिरीक रुपमा स्वस्थ थिए । जसको जलन्त उदाहरणका रुपमा हाम्रा हजुरवुवा र हजुरआमालाई लिन सकिन्छ । न त उहाँहरूले डाइवेटिज, प्रेसर, थाइराइड, हृदयरोग, क्यान्सर तथा माइग्रेन, डिप्रेशन, भय, चिन्ता नै जान्नु प¥यो ।

विज्ञानको विकाससंगै मानिसहरुका हरेक काम र काजले सहजीकरण पाइरहेका छन् । शारिरीक कामलाई मानसिक कामले विस्तार गरिरहेको छ । विज्ञान र प्रविधीको माध्यमबाट विश्वलाई एउटा सानो कोठामा कैद गर्न सफल भएका छन् । वर्षौ लगाएर फत्ते हुने काम केही घण्टामा नै व्यवस्थितीत र सम्पन्न भइरहेका छन् । औद्योगिकरणको विकासले विश्वको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको छ । विज्ञानको सहायताले आज मानिसहरुले जे चाहे त्यही गर्न सफल भएका छन् । मानिसहरुको विकल्पको रुपमा काम गर्ने स्वचालीत यन्त्रहरुका विकास भइरहेका छन् । स्वास्थ्य तथा उपचारका क्षेत्रमा आधुनिक यन्त्रहरुको विकासले चरम विन्दु चुमेका छन् । कृतिम तरिकाले मानवजाती, पशु–पंक्षी तथा वोट–विरुवाको विकास सम्भव भएको छ । मानव शरिरको सुक्ष्मतम इकाई, कोषीकाको मर्मत, सफाई र पुनः जन्म साथै कृतिम अंगहरुको निर्माण सम्भव भएको छ । एउटा क्यापशुलको भरमा विना खाना मानिस बाच्न सफल भएका छन् । पुरै ब्रम्हाण्डको भ्रमण र गतिवीधी आजको मानिसहरुलाई थाहा छ । मानिसहरु धन, प्रतिष्ठा, यसो–आराममा यति शक्तिशाली भएका छन्, पृथ्वीको चाल रोक्ने तथा चलाउने, विकास गर्ने तथा ध्वस्त गर्ने, कुन ठाउँमा आफूलाई स्थापित गर्ने, विज्ञानले विकास गरेको उपकरणको एउटा बटममा निर्भर रहेको छ । यो शताब्दी यस्तो समय हो जहाँ हरेक क्षेत्रको चरम विन्दुको उपलब्धीको सम्भावना छ ।


सबै हासिल गरेर पनी मानिसहरु खाली छन् । यी सबै सफलताको महत्व र उपलब्धी, खुसी, शान्ति र आनन्द हो । खोज यसैको हो तर कमी पनि यसैको छ । जसका कारण मानिसहरु आफैले बुनेको जालोमा आफैँ परिरहेका छन् । समृद्धी, विकासले शान्ति र खुसी आउथ्यो भने आज अमेरिका, जापान, फ्रान्स, नर्वे, दक्षिण कोरीयाका मानिसहरु संसारका सबैभन्दा खुसी र आनन्दीत हुन्थे । बाहिरबाट जती सुखी र आनन्दीत भए पनि पश्चिममा जीवन भित्रबाट दुखी छ । सामाजीक अविश्वास, डिप्रेशन र नैरास्याताले स–साना निदोर्ष स्कुले बालबालीकामाथी अन्धाधुन्ध गोली प्रहार देखी बढ्दो आत्महत्याले पश्चिमी समाज अक्रान्त छ । विश्वको सबैभन्दा विकसीत मानिएको अमेरिका बढी आत्महत्या गर्ने देशको सुचीमा ३० औं स्थानमा पर्छ । अमेरिकामा हरेक १२.८ मिनेटमा १ जनाले आत्महत्या गर्छ । आत्महत्या अमेरिकामा मृत्यूको १० औं ठुलो कारण बनेको छ । यस्तै अर्को विकसीत मुलुक क्यानडाको ९ औं ठुलो मृत्यूको कारण आत्महत्या हो । विकसीत देशहरुकोे सर्वाधीक आत्महत्या गर्ने देशको सूचीमा दक्षिण कोरिया दोश्रो, जापान सत्रौं, नर्वे सैतिसौं र फ्रान्स सतचालिऔं स्थानमा पर्छन् । विकसीत मुलुकहरुलाई सताइरहेको अर्को कुरा डिपे्रशन हो । संसारका उच्च आय भएका १० देशको डिप्रेशन दर पनि उच्च रहेको छ । जहाँ जीवनको कुनै न कुनै मोडमा १४.६ प्रतिशत जनसंख्या कडा डिप्रेशनको शिकार हुने गरेका छन् । १० उच्च आय भएका देशहरु मध्ये अमेरिकामा १९.२ प्रतिशत जनसंख्या पिडीत छन् । फ्रान्स सबैभन्दा उच्च डिप्रेशन पिडित हुने देशमा पहिलो स्थानमा पर्छ । बलात्कारका घटना पनि विकसीत देशमा ज्यादा हुने गरेका छन् । अमेरिका, क्यानाडा, स्वीडेन, वेलायत जस्ता अति विकसीत देशमा बलात्कार अत्याधिक हुने गरेको छ । युरोपमा हरेक ३ महिलामा एकले वलात्कार वा यौनजन्य हमला खेपेको एक रिपोर्टले देखाएको छ । डेनमार्कमा ५२ प्रतशित र फिनल्याण्डमा ४७ प्रतशित महिला माथि बलात्कार वा यौनजन्य हिंसा हुने गरेको तथ्याङ्क छ । अमेरिका बलात्कार हुने देशको सुचीमा तेश्रो स्थानमा पर्दछ । अमेरिकामा हरेक ३ महिलामा १ जना बलात्कारको शिकार हुने गरेको त्यहाँको जर्ज म्याजन युनिभर्सिटिको अध्ययन छ । त्यस्तै १९.३ प्रतिशत महिला र २ प्रतिशत पुरुष जीवनकालमा बलात्कार हुने गरेको एक अध्ययनले जनाएको छ । यी तथ्याङ्क अनुसार के पुष्ठी हुन्छ भने भौतिक विकास र समृद्धीले मात्र खुसी र आन्नदीत जीवन प्राप्त गर्न असम्भव छ बरु बेचैनी, अपराध, निराशा र अशान्ती कायम राख्दछ ।

आधुनिक युगका मानिसहरुलाई सन्तुलित जीवनको आवश्यकता छ । विज्ञानको विकास, भौतिक सुख, समृद्धि पनि जरुरी छ, खुसी, शान्ति र आनन्द पनि । यही दुई बीचको जोडाईको सेतु हो ‘ध्यान’ । जहाँबाट आधुनिक युगको मनुष्यको कल्पना ओशोले गर्नुभयो, ‘जोर्बा दी बुद्ध’ । यी दुई महापुरुषहरुको गुणका संगमले भौतिक र आध्यात्मीक दुबै सुख सम्भव छ । जोर्बा ती व्यक्ति थिए जो बाहिरी भौतिक रुपले समृद्ध, सुख, यसो–आराम सबै विलासीताले भरपुर, महल, नोकर–चाकर, गाडी–घोडा, मान–प्रतिष्ठा, बाहिरी रुपले सम्पन्नता प्राप्त तर भित्री खुसी, शान्ति र आनन्दको कमी । यस्तै बुद्ध जो शान्त, आनन्दीत, होस, जागृत र भित्री जगतको खुसीमा डुबेका थिए । उनी दुःख र सुखबाट पार थिए ।

यसका लागी उनले भौतिक सुख राजमहल त्यागेका थिए । यही प्रश्न उनकी पत्नी यशोधराले सोधेकी थिईन् ‘जुन शान्ति, आनन्द तपाईले वनमा पाउनु भयो त्यो यही महलमा बसेर पाउनुहुन्नथ्यो ? अहिलेको अवस्थामा पुर्वले भौतिक विकास, विज्ञान र प्रविधीको अभाव महशुस गरेको छ भने पश्चिममा पनि पुर्विय आध्यात्मीक चिन्तन प्रति आर्कषण बढ्दै गएको छ । अति विकसीत राष्ट्रहरु अमेरिका, अष्ट्रेलिया, क्यानाडा, नर्वे, फ्रान्सहरुमा ध्यान, योगको प्रचार–प्रसार व्यापक बन्दैछ । साथै पुर्विय मुलुकहरुले आफूलाई विज्ञान र प्रविधी, भौतिक र आर्थिक विकासको बाटोमा डो¥याउदैछन् । यही बाहिरी र भित्री विकासलाई जोडी सन्तुलित जीवनयापन गर्न सक्ने आधुनिक युगको मनुष्य हो, ‘जोर्बा दि बुद्ध’ । जसले हरेक क्षेत्रका मानिसहरु राजनेता, कलाकार, व्यवसायी, जागीरे, समाजसेवी सबैलाई भीत्री तथा बाहिरी सफलताको चरम विन्दुमा पु¥याउन सक्छ ।


ध्यानले तनावलाई विशर्जन गर्न मद्दत गर्छ । जती–जती तनाव विशर्जीत हुदै जान्छ, मानिस शान्त हुदै जान्छ । जती–जती मानिस शान्त हुदै जान्छ, मानिस होसपुर्ण बन्दै जान्छ, जती–जती मानिस होस पुर्ण बन्दै जान्छ, उ दुःख र सुखबाट पार हुन्छ । जहाँ शेष रहन्छ, आनन्द । यसैको खोजमा मानिसहरु जन्मौ–जन्मान्तर देखी म्याराथन दौडमा छन् । विज्ञान र विकासको वास्तवीक खोज यही आनन्द हो । जुन आफू भित्र छ, अविस्कृतको खाँचो छ । ध्यानले तीन तहमा काम गरेको हुन्छ । पहिलो शरिर, शारिरीक फोहोर, मैला, दुःख, कष्ट, दुर्बलता बाट पार भई शरिर शुद्ध राख्दछ । दोश्रो विचार, नकारात्मक सोच, व्रmोध, रिस, भयबाट पार भई मानसिक स्वास्थ्य राख्दछ । तेश्रो, भाव, लोभ, इष्र्या, घमण्डबाट पार भई दया, प्रेम, करुणा, समर्पणबाट भावनाको विकास गर्दछ । जहाँबाट शान्ति, होस र आनन्दको वर्षा हुन्छ । भौतिक जीवन सफल र समृद्ध बनाउन ध्यानको महत्वपूर्ण भूमिका रहेको हुन्छ । होसपूर्ण गरेका कामहरु सधै सहि र सफल हुन्छन् । ध्यानले शारीरिक तहमा रहेको उर्जालाई अविस्कृत गर्दछ । ध्यानी मानीस मानसीक र भावनात्मक रुपले सधै स्वस्थ रहन्छ । ध्यानले मानिसको शरिरमा भएको सात उर्जा विन्दुलाई सक्रिय बनाई भौतिक र आध्यात्मीक सुख, उपलब्धीका पाटाहरु पहिल्याउन सहि मार्गदर्शक गर्दछ । जुन आजको आधुनीक युगको आवश्यकता हो । शरिरको पहिलो तल्लो तहमा रहेको उर्जा विन्दुबाट क्रमश उर्जा माथी शिरतिर बग्न थाल्दछ, दोश्रो उ निर्भय उपलब्ध हुन्छ । हरेक सही कामको लागी अघि बढ्न थाल्दछ । सबै भयबाट उ पार हुन्छ । तेश्रो, बाहिरी जीवन र भित्री जीवनमा सन्तुलन कायम हुन्छ । जसले विकास, समृद्धी, सम्पन्नता साथै शान्ति, आनन्द ल्याउँछ । चौथौ, प्रेम, करुणा, भावको उजागर हुन्छ । जीवनमा पहिलो पटक प्रेमको सही अनुभुती हुन्छ । सबै समान देखिन्छन् । सबैको अस्तीत्व थाहा हुन्छ । करुणा खील्न थाल्दछ । पाँचौ, सत्य अभिव्यक्ति गर्ने क्षमता उपलब्ध हुन्छ । छैठौं, दुरदृष्टी राख्न सक्ने क्षमता हुन्छ । हरेक भविष्यका सम्भावनाहरुको ज्ञात हुन थाल्दछ । सातौं, ब्रह्माण्ड पुरै उसमा समाहित हुन्छ । बाहिरी र भित्री जगत खुला आकाश रहन्छ । जीवनमा एकमात्र स्थीती शेष रहन्छ जागृत, होस्, आनन्द ।

बच्चाहरुमा साधकमा हुने गुण हुन्छ । उनीहरुको जीवनमा ध्यान र साधनाको विशेष महत्व रहन्छ । निर्दोषपन, भावपूर्ण हेराई, निस्वार्थ प्रेम, कम लोभ र इष्र्या जस्ता गुणहरुले ध्यानमा जान एकदमै सजिलो हुन्छ । सत्य उनीहरुको आँखामा झल्कीन्छ । उनीहरु दिलले बढी, दिमागले कम सोच्ने गर्दछन् । वैचारिक स्थीतीको एकदमै कम विकास भएको हुन्छ । उमेरसँगै परिवर्तन हुदै गएको मानसिक र शारीरिक अवस्थामा ध्यान सही मार्गदर्शक बन्दछ । शारीरिक तलमा आउने विभिन्न हार्मन परिवर्तन र उर्जाको प्रवाह सही र उत्पादनशील द्वारबाट बग्न थाल्दछ । उमेरसंगै उनीहरुमा आएको के सही, के गलतको वोधले जीवनमा नयाँ आयाम थप्दछ । ध्यानले श्रृजनशिल, दुरदृष्टी

 

, धैर्यता, संकल्पशक्ति, आत्मवल, प्रेम, करुणा जस्ता गुणहरु विकास गर्न मद्दत गर्दछ

। जसले गर्दा बच्चाहरुको सुन्दर भविष्य निर्माण हुन्छ । बच्चाहरुलाई ध्यान र साधनाको प्रयोगमा राख्नु जरुरी छ । स्कुलतहबाट पाठ्यक्रमको रुपमा यसको सुरुवात हुनु पर्दछ । जीवनको अर्थपूर्ण साथै उपलब्धीमुलक शिक्षा ध्यान र साधनाको

उपज हो । प्रकृती र विज्ञानलाई समायोजन गरि विश्वलाई बचाएर राख्न आजका बच्चाहरुमा होस, प्रेम, जागृती र चेतानाको आवश्यक छ, जुन ध्यान–साधनाले पुरा गर्न सक्छ । बच्चाहरुमा गरिएको लगानी नै विवेकशील, चेतनशील, उत्पादनशील दिगो समाजको निर्माण हो ।
विकासोन्मुख पूवीर्य देशहरुको सबैभन्दा ठूलो अवसर बाहिरी जगतको तथा भित्री जगतको विकासमा रहेको छ । यो एउटा सुनौलो अवसर हो । पश्चिमी देशहरुमा विज्ञान र विकासले देखा परेका समस्याहरु पूर्ण रुपले पूवीर्य देशहरुमा देखापर्न बाँकी छन् । यसको फाइदा उठाएर बाहिरी बिकास संगै भित्री विकासको अवधारणा ल्याउन सक्दा दुबैमा सन्तुलन कायम हुन्छ । साथै विज्ञानले निम्त्याउने भावी समस्याहरुबाट बच्न सकिन्छ । प्रकृतीले दिएको सुन्दर उपहार पृथ्वीका पूर्वीय गोलार्धमा ध्यान, योग, साधनाको भरपुर विकासको फाइदा उठाई पश्चीमी जगतमा भएको विज्ञानको उपलब्धी हासिल गर्न सकिन्छ । समृद्ध, सुखी, विकसीत साथै खुसी, आनन्दीत, विवेकशिल समाज सम्भव छ ।


नेपालमा यसको ठूलो सम्भावना देखिन्छ । पश्चिमी देशहरुमा खाँचो परेको आनन्द, शान्ति, चयन, निन्द्रा नेपालले पुरा गर्न सक्छ । ध्यान, योग, साधनाको आध्यात्मीक विकास भइरहेको यहाँ दक्ष जनशक्ति तयार गरेर पश्चिमी देशहरुमा निर्यात गर्न सकिन्छ । अहिले पश्चिीमी मुलुकहरुमा सताइरहेको समस्याहरुको निवारण हेतु अत्याधिक समाधान बन्न सकोस । यसले भित्री विकास गर्छ नै, भौतिकवादी सुख, समृद्धि पनि ल्याउँछ । पश्चिीमी मुलुकहरुले जसरी विज्ञानलाई भजाएर भौतिक समृद्धि ल्याए त्यही समृद्धीको जालोमा फसे र यही जालो तोड्ने गरि पूर्विय मुलुकहरुले अध्यात्मलाई भजाएर भित्री समृद्धि ल्याई बाहिरी र भित्री जगतको सन्तुलन कायम गर्न सक्छन् । बोधिसत्व स्वामी आनन्द अरुणले उठाइरहनु भएको बुद्ध पूर्णीमालाई विश्व ध्यान दिवसको रुपमा मनाउँ भन्ने, भौतिक समृद्धी र आध्यात्मीक समृद्धिको सुरुवात हो । नेपाल पुण्यभूमि हो जहाँ यस्ता महापुरुषहरुको जन्म भएको छ । समय भए संगै पहिचान गर्न सक्नु नेपालको सौभाग्य रहने छ । यसलाई राज्यले आफ्नो गौरवको विषय मानेर संयुक्त राष्ट्र संघसम्म लान सक्दा पूर्वबाट आध्यात्मीक विकास को इतिहासमा नेपाल सधैंका लागि प्रज्वलीत रहन्छ ।
आजको विश्वलाई चेतनशील, विवेकशील, प्रेमी, करुणावान, होसपूर्ण व्यक्तित्वको आवश्यकता छ । जसले समग्र प्रकृती र विज्ञानको रक्षागर्न सकोस्, सही मार्गदर्शक बन्न सकोस् । प्रेरणाको श्रोत बन्न सकोस्, जुन ध्यान, साधनाबाट सम्भव छ । आफूलाई साध्नु जरुरी छ । बाहिरी र भित्री समृद्धीको शुरुवात स्वयम् आफूबाट हुनु सुसज्जीत र विकासशील समाजको निर्माण हो ।

तपाईको प्रतिक्रिया