अमेरिकास्थित टेक्ससको म्युनिसिपल विमानस्थलमा हवाईजहाज ह्याङ्गरमा ठोक्किँदा १० को मृत्यु भएको छ।

सोमबार बिहान विमानस्थलबाट उड्ने क्रममा ह्याङ्गरमा ठोक्किँदा दुर्घटना भई आगो लागेको अधिकारीहरुले बताएका छन्। यस दुर्घटनामा कसैको पनि ज्यान बचाउन नसकेको म्युनिसिपल विमानस्थलका प्रवक्ता मेरी रोजेनविल्थले बताए।

प्रत्यक्षदर्शीका अनुसार केही क्षण उडेपछि बिचक्राफ्ट बिई–३५० किङ्ग एयर एक्कासी एकातर्फी ढल्किन गई ह्याङ्गरमा ठोक्किएको हो।

ह्याङ्गरमा जहाज ठोक्किँदा अर्को एक विमान र हेलिकप्टरमा समेत क्षति पुगेको छ। सेन्ट पिटर्स्बर्गका लागि उड्न लागेको जहाज दुर्घटनामा परी दुई कर्मचारी र आठ जना सर्वसाधरणहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय एजेन्सीहरुले जनाएका छन्।

अमेकिरी राष्ट्रिय यातायात सुरक्षा बोर्डका उपाध्यक्ष ब्रुस ल्यान्डस्बर्गले भने–‘यो दुर्घटना ईन्जीनको खराबीका कारण भएको भनेर दाबी गर्न सकिन्नँ, दुर्घटनाको कारण धेरै हुन सक्छ।’

तपाईको प्रतिक्रिया