इटहरी/ उधोग वणिज्य संघ इटहरीको गणना भइरहेको मत पारीणामले भिम बहादुर पौडेलले जित्ने लगभग पक्कापक्की भएको जस्तो देखिन्छ । अर्थात हालका कार्यवहाँक अध्यक्ष शैलेश कुमार विष्टले हार्ने अनुमान गणना भएका मतका आधारमा चौतर्फी गरिन थालइकेको छ ।

अध्यक्षमा साथै विष्ट प्यानल सबैले हार्नुमा मत सुन्न बसेका व्यवसायीहरुले अहीले चर्चा गर्न थालेका छन । के छन त शैलेश विष्टको हारको कारणहरु ? हामीले केही उल्लेख गर्ने जमर्को गरेका छौ ।

यस्तो छ शैलेश विष्टले हार्ने केही प्रमुख कारण

१) आफ्नो प्रचार(प्रसार भन्दा भिम बहादुर पौडेलको आलोचनामा समय खर्चनु ।
२) राजनैतीक दल तर्फको उम्मेद्वार भनिएता पनि पार्टीका नेता तथा कार्यकर्ताले खुलेर सहयोग नगर्नु ।
३) आफु जिम्मेवार रहेको समयमा उधोगी व्यवसायीहरुको हकहितमा काम नगर्नु र अब गर्छु भनेर आश्वासन बाढ्नु ।
४) भिम बहादुर पौडेलले बढी खर्च गरेको आरोप लगाउदै पौडेलले गरेकै शैली अपनाउनु ।
५) विष्टको पक्षमा बोल्दै जनप्रतिनिधिले सार्वजनिक कार्यक्रममै उधोगी व्यवसायीहरु चिढ्याउने भाषण गर्नु ।
६) उधोग वाणिज्य संघ भवन निर्माणको धेरै काम भिम बहादुर पौडेलको संयोजक्त्वमा भए पनि झुट प्रचार गर्दै आफुले बनाएको भन्दै भ्रम छर्नु ।
७) पछील्लो समय इटहरीमा नेपाली काङ्रेस निकट व्यवसयी एक जुट हुनु ।
८) रा.प्र.पा निकट व्यवसायीहरु सग मिलेर भिम पौडेल चुनावी मैदानमा आउनु .
९) इटहरीमा नेकपा विरुद्द जनमत बढ्दै जानु ।

तपाईको प्रतिक्रिया