निकेश बराल, बेलबारी । आऊ गाउँ पहिचान बनाऊ भन्ने मूल नाराका साथ सुरु भएको सुर सप्तक बेलबारी आइडलले आफ्नो पहिलो आइडल प्राप्त गरेको छ ।

 

स्रष्टा समाज बेलबारीको आयोजना तथा बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा गत वैशाख १८ गते बाट सुरु भएको बेलबारी आइडलको विजेता बेलबारी ४  का बिबेश मोते भएका छन् । विजेता मोतेले आइडलको उपाधि सहित नगद २५ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेका छन् ।

आज शनिवार बेलबारीमा आयोजित ग्रेण्ड फिनाले कार्यक्रममा उत्कृष्ट दश बिच प्रतिस्पर्धा भएको थियो । उक्त कार्यक्रमबाट बेलबारी ३ की लक्ष्मी पौडेलले उप विजेता (दोस्रो) को उपाधि सहित १५ हजार रुपैयाँ नगद र प्रमाण पत्र प्राप्त गरेकी थिइन् ।

त्यस्तै बेलबारी २ कि अलिमा लिम्बुले सह विजेता (तेस्रो) को उपाधि सहित नगद १० हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेकी हुन् । उत्कृष्ट दशहरूलाई पनि पमाण पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रमको निर्णायकमा प्राज्ञ तथा सङ्गीतकार शेखर थापा मगर, राम धामी, भीम बस्नेत, पूर्व सांसद तथा गायिका मधु गुरुङ र गायक किशोर थुलुङ रहेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदी र उपमेयर ढाका कुमारी पराजुलीले कार्यक्रमले संस्कृतकी, साङ्गीतिक र समाजीक क्षेत्राई झल्काउने प्रकृतिको कार्यक्रम गरेको भन्दै आगामी बजेटमा बेलबारी आइडलको शीर्षकमा बजेट छुट्ट्याउने बताएका थिए ।

तपाईको प्रतिक्रिया