इटहरी, समयसमयमा विभिन्न किसिमका फेसन सो व्युटि कनटेस्टहरुको आयोजना गर्दै आएको युथ क्रिशन नेपालले नेपाल टुर्स पुर्वाञ्चल फेसन सो आयोजना गर्ने भएको छ ।

प्रदेस नम्बर १को इटहरी तथा आसपास क्षेत्र लक्षित फेसन सो मोरगंको गोर्कण रिर्सोटमा यही असार २७ गते आयोजना गरिने पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

नारी पुरुष दुवैलाई मोडलिगं सम्वन्धी जानकारी गराउदै फेसन सो मा उर्ताने लक्ष राखिएको युथ क्रिशन नेपालका रवि लामा तामागंले जानकारी दिए । सांस्कृतिक माहोलमा आयोजना गरिने फेसन सो का अवसरमा ख्याती प्राप्त कलाकार कमल खत्री लगायतको प्रस्तुति रहने तामागंले बताए ।

नेपाल टुर्स पुर्वाञ्चल फेसन सो परिकला मिडिया प्रालि , मार्टिना मेकप स्टुडियो ,डि डिजाइनर बुटिक इटहरीको सहकार्य रहने सो अवसरमा जानकारी गराइयो । फेसन तथा बुटिकका क्षेत्रमा पुर्व युवाहरुको रुचिलाई मध्यनजर गर्दै कार्यक्रम आयोजनाका लागि सहकार्य गर्न तयार रहेको परिकला मिडियाका खेमराज श्रेष्ड सुभाष संकल्पले बताए ।

तपाईको प्रतिक्रिया