विराटनगर, १ नम्बर प्रदेशसभामा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक माथिको छलफल जारी छ । छलफलमा भाग लिने सांसदहरुले सरकारले रातो किताब मोटो पार्न जथाभावि योजना समावेश गरेको र १ हजार रुपैयाँ राखेर पनि बजेट छुट्याएको भन्दै आलोचना गरेका छन् ।

प्रदेस सांसद लोकप्रसाद संग्रौलाले रातो किताब महाभारतकै साइजमा निकालिएको भएपनि प्रदेशलाई गौरव गर्ने खालका कुनै पनि काम नदेखिएको बताए । उनले प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले आफ्नो नेतृत्वको क्षमता देखाउन नसकेको आरोप लगाएका थिए ।

यस्तै सांसद प्रतापप्रकाश हाङमाङले ताप्लेजुङमा मात्रै १० रुपैयाँ बजेट छुट्याएका योजना १० वटा भएको भन्दै त्यस्तो कसरी भएको भन्ने प्रश्न गरेका थिए । न्यूनतम बजेट विनियोजन गर्दा प्रदेशसरकारले १० लाख भन्दा कमका छुट्याउनु नहुने उनको भनाइ रहेको थियो ।

छलफलका क्रममा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले भने १ हजार रुपैयाँ राखेका झण्डै १ हजार योजना रातो किताबमा रहेको स्पष्ट परेका थिए । उनले आगामि वर्षमा आवश्यकता र औचित्यका आधारमा बजेट छुट्याउने बताएका थिए ।

तपाईको प्रतिक्रिया