इटहरी , उद्योग वाणिज्य संघ इटहरीको असार १४ गते हुने चुनावमा व्यवसायीहरु प्रतिपष्र्धामा छन् । आगामी असार १४ गते हुने उद्योग वाणिज्य संघ इटहरीको चुनावमा इटहरीका व्यवसायी टंकप्रसाद खनाल र कमल पौडेलले शैलेश विस्टको समावेशी समूहबाट वाणिज्यतर्फ सदस्यमा उम्मेदवारी दिनु भएको छ । पौडेल र खनाललाई इटहरीमा शालीन र वौद्धिक व्यक्तिका रुपमा लिने गरिन्छ । शैलेश विस्टको समावेशी समूहका पौडेल र खनाल उद्योग वाणिज्य संघ इटहरीमा प्रभावशाली नेतृत्व मान्ने गरिन्छ । हरेक व्यवसायीका साना ठूला सबै समस्या पहिचान गरी समाधानको पहल गर्ने पौडेल र खनाल इटहरीका व्यवसायीको रोजाइमा पर्ने गरेका छन् । इटहरीमा रहेर विगत लामो समयदेखि व्यवसाय गर्दै सामाजिक गतिविधिमा सक्रिय खनाल र पौडेल इटहरीका व्यवसायी माझ निक्कै लोकप्रिय रहेका छन् । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा शैलेश विस्टको समावेशी समूहमा वाणिज्यतर्फका पौडेल र खनालको क्रम संख्या क्रमशः १ र २ रहेको छ ।
वितरक संघ इटहरीको संस्थापक अध्यक्ष, किराना व्यवसायी संघ इटहरीको संस्थापक सचिव लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा संलग्न हुँदै हाल नेपाल वितरक महासंघको राष्ट्रिय उपाध्यक्ष तथा इटहरी उद्योग वाणिज्य संघको महासचिवको रुपमा जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहनुभएका खनाल इटहरीलाई कर्मथलो बनाएर व्यवसाय गर्दै आउनु भएको छ । खनाल उद्योग वाणिज्य संघले व्यवसायीका सबै समस्याहरुलाई अलग अलग पहिचान गरी अलग अलग हिसाबले समस्या समाधान गर्नुपर्छ भन्ने धारणाले आफू चुनावी मैदानमा आएको बताउँछन् । आगामी निर्वाचनमा खनाल बलियो प्रतिष्पर्धी रहँदै विजयी समेत हुने इटहरीका व्यवसायीहरुको आँकलन छ । खनाल सबै उद्योगी व्यवसायीहरुको साथ सहयोगसँगै मतदान गर्ने कुरामा आफू ढुक्क भएको बताउँछन् । त्यस्तै इटहरीका अर्का सफल व्यवसायी कमल पौडेल पनि इटहरीका व्यवसायीले रुचाएका व्यक्ति हुन् । पौडेल ले पनि शैलेश विस्टको प्यानलबाट वाणिज्यतर्फ सदस्य पदमा उम्मेदवारी दिएका छन् । २०४८ सालदेखि आजसम्म निरन्तर इटहरी र इटहरीका व्यवसायीहरुको एउटा मान्यतालाई स्थापित गर्नको लागि कमल पौडेल लागि परेका छन् । समय क्रममा व्यबसायीहरुले व्यबसायिक जीवनलाइ बदलेर समयअनुसार चल्नुपर्ने भएकाले समय अनुसारनै आफ्नो व्यवसायलाई बदल्नु पर्ने कमल पौडेल बताउँछन् । इटहरीमा रहेका व्यवसायीको हक हितको संरक्षण गर्ने तथा पीर मार्का समाधान गर्नका लागि लागिपरेको हुनाले सबै हातेमालो गरेर हिड्ने पौडेलले बताउँछन् । विगतको उद्योग वाणिज्य संघ इटहरीको चुनावमा सर्वाधिक मत ल्याएर विजयी भएका खनाल र पौडेलले यसपाली पनि सबै व्यबसायीहरुले साथ सहयोग र आफ्नो पक्षमा मत दिन अनुरोध गरेका छन् । इटहरीका उद्योगी व्यवसायीहरुले पनि शैलेश विस्टको प्यानलबाट वाणिज्यतर्फ सदस्य पदमा टंकप्रसाद खनाल र कमल पौडेल विजयी हुने अनुमान लगाउन थालेका छन् ।

तपाईको प्रतिक्रिया