काठमाडौं । नेपाली बजारमा मंगलबार छापावाल सुन प्रतितोला ६५ हजार ५ सय रुपैयाँ पुगेको हो । यो भाउ सोमबारको तुलनामा ५ सय रुपैयाँले बढी हो । सुन व्यवसायीका अनुसार यो अहिलेसम्मकै उच्च मूल्य पनि हो ।

यसअघि गत शुक्रबार सुनको भाउ १ हजार रुपैयाँले बढेर प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा भाउ चुलिएसँगै नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको हो ।

यसअघि स्थानीय बजारमा १२ भदौ २०७० मा सुन त्यतिबेलाको उच्च भाउ प्रतितोला ६३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि भाउ केही तल झरे पनि सुरु भए पनि अहिले फेरि बढ्न थालेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा तेजाबी सुन पनि प्रतितोला ६५ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भएको छ । असार लागेसँगै सुनको भाउ थप उचाइमा पुगेको हो ।

नेपालमा सुनको भाउ अन्तराष्ट्र्रिय बजारका आधारमा निर्धारण हुन्छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको सञ्चार माध्यमहरुले जनाएका छन् ।, राजधानी दैनिकले खबर छापेको छ ।

तपाईको प्रतिक्रिया